शिवप्रसाद जैशीमार्यो-टोक्-रेसी
जो अगाडि उसैको पालो। काइदाको मेरिटोक्रसी भएन त ? यसो हुँदा मेरिटोको घाँटी रेटियो र मार्यो-टोक्- रेसी पनि भन्न परेन। दक्ष अब्बल र योग्यतम् पनि भन्न मिल्यो।

शिवप्रसाद जैशी :
अंग्रेजी शब्दकोशमा भेटिने मेरिटोक्रेसी ल्याटिनबाट लिएको मेरिट र प्राचिन ग्रिकबाट लिएको क्रेसीबाट बनेको हो। यसको अर्थ योग्यतम् व्यक्तिलाई छान्ने भन्ने हुँदो रहेछ। शाब्दिक अर्थमा भन्नुपर्दा धन वा समाजिक वर्ग भन्दा योग्यताको आधारमा छनौट गर्ने विधिलाई मेरिटोक्रेसी भनिँदो रहेछ। परीक्षा वा प्रदर्शन प्रणालीबाट उपयुक्त व्यक्तिलाई छान्ने विधि भन्ने जनाउँछ। सुशासनको न्यूनतम् मान्यता भित्र पर्ने यो शब्दको नेपाली अर्थ चाहिँ योग्यता हुँदो रहेछ।
मेरिटोक्रेसी अर्थात योग्यताले बजार ततायो। ज्ञान उत्पादनार्थ स्थापित जेठो संस्थाको कार्यस्थलबाट फुत्त फुत्केको यो शब्दले राम्रो बजार लिएको छ।नसुनौ भनेपनि कानमै आइपुग्छ। न देखौ भन्दा पनि अखारका पाना, अनलाइन बजार, समाजिक सञ्जाल, लेख, आलेख सबैतिर मेरिटोक्रेसी। केही ठाउँमा देशाँ दलविहीन योग्यतम् व्यक्ति छानिएमा मेरिटोक्रेसी स्थापित हुने कुरा पनि चलेको पाइयो।सुन्दा बडो सुन्दर कान पवित्र पार्ने शब्द हो यो मेरिटोक्रेसी। त्यसमाथि दलविहीन स्वतन्त्र संस्थागत हित गर्न सक्ने काबिलियत भएको योग्यतम् मानिस भन्दा त झन सुनमासुगन्ध। छ र जमाना दलविहीनको ? मिल्छ पृथ्वी लोकको यो भूगोलमा कोही दल विहीन ? दलाधिपतिबाट बिधान बनाइ सम्पूर्ण मानिसलाई प्रत्यक्ष वा जनसंगठनका माध्यमबाट दलमा समावेश गर्ने नीति अन्तर्गत आआफ्नो पक्षमा सामेल गर्ने महाअभियान संचालन गरी स्वतन्त्रताको हनन् मार्फत मेरिटोक्रेसीलाई मार्याा-टोक्-क्रेसीमा परिणत एवं दाहामट्टी गरिसकेपछि कहाँ पाइयून दलविहीन।
यो दलविहीन योग्यतम् मानिस छानिनु पर्छ-सुन्दा र देख्दा बडो अचम्म लाग्ने। मन, मुटु र मस्तिस्कमा एकै पटक हिर्काउने।च्वास्स घोच्ने। मेरिटोक्रेसी दलविहीन योग्यतम् मानिस खोज्ने अभियानका लागि, हिमवत खण्डमा कठोर तपस्या गरी शक्ति आर्जन गरेर नमरिकनै स्वर्ग जाने द्वार खोल्न यज्ञ, हवन गर्न प्रयत्नरत राजा र यज्ञ हवनबाटै स्वर्गको नजिक पुर्यारइ इन्द्रका सेनाद्वार गेट भित्र छिर्न रोक लगाइएका ती राजाका लागि अर्कै स्वर्ग निर्माण गरिदिने राजपाठ त्यागगरी तपास्याबाटै महर्षि बनेका वैदिककालीन बिश्वामित्र सम्झिनुलाई अन्यथा मान्न मिलेन।अलौकिक कल्पनाहरु मनमा उब्जिनु र प्राप्त गर्न खोज्नुलाई सत्ययुगमा होस् वा कलियुगमा, पृथ्वी लोकमा होस् वा स्वर्ग लोकमा- राजकाजमा अन्यथा मानिएको छैन।मानिदैन।देवराज इन्द्रले पनि पृथ्वी लोकमा बबण्डर मच्चाउन अप्सराहरु पठाउँथे नै।अप्सरा रुपी नर्तकीहरुको नृतको मादकले तपस्या भंग गराइन्थ्यो।अप्सराहरु इन्द्रको दूतको रुपमा काम फत्ते गर्थे।इन्द्र आफै पनि आफ्ना दासीका रुपमा राखिएका अप्सराहरुको सौन्दर्यको नेत्रपान गर्थे। इन्द्रको अनुमती विना अप्सराहरुलाई कहीँ कतै जान छुट थिएन।
दूत मर्यादापालक हुनु पर्छ भन्ने सत्ययुगिन सिद्धान्तको अनुसरण गर्नुलाई अमान्य भन्न पनि मिल्दैन।भन्नु पर्दैन।भनिदैन। दूतले नमक हराम हुन पनि मिल्दैन। पाइदैन।जो हात त्यो साथ भन्ने उखान पनि त परम्पराले नै बनाएको हो।दल सदस्यहरु पनि दलाधिपतिका दूतकै रुपमा खटाइने भएकोले पूर्ण मर्यादापालक हुनु पर्छ। अप्सराहरुले जस्तै काम फत्ते गर्नु पर्छ। दलसंलग्नतालाई नै मेरिटोक्रेसीको प्रथम आधार नमान्ने हो भने कसरी पुगिएला मार्या -टोक्-क्रेसीको स्थानमा।
योग्य मानिस उत्पादन गर्ने संस्था वा अन्य कुनै पनि संस्थाबाट पढालेखा प्रमाणपत्रधारी मानिस दलविहीन भेट्न विज्ञापन वा अन्य कुनै विधिबाट खोज्न सकिएला त ? अँह सकिँदैन। दल सदस्यता प्राप्त गरी सम्बन्धित मातृ संस्थाको भातृ संस्थामा अड्किएर, कड्किएर मातृ संस्थाका लागि दिलो ज्यान दिन नसकेको मानिस पहिलो त पृथ्वीलोकको यो भागमा पत्ता लाग्दैन-छैन।दोस्रो महादेवको दिव्य दृष्टिले भेटाउछ जस्तो पनि पटक्क लाग्दैन।महादेवको तेस्रो नेत्र खुल्ने जिनिसले भेटाउन कस्छ है। तेस्रो सूचना सम्प्रेसणमा खप्पिस नारदले पनि भेटाउलान जस्तो लागेन।
मातृ वा भातृ संस्थासँग गतिलो रिस नउठे सम्म, मातृ वा भातृसंस्थाबाट गतिलो ठाउँ नभेटएमा वा सम्मिलित मानिसहरु प्रति इर्ष्या, डाहा वा बदला लिनु पर्ने उपयुक्त कारण विना दल वहिर्गमनको कल्पना गर्न गाह्रो पर्छ कि! दल वहिर्गमनमा परेका मानिस तटस्थ बस्छन् कि भन्ने मान्यता राख्नु पनि भुल नै हुन्छ।अस्वभाविक हुन्छ।स्वभाविक हुदैन। दल वहिर्गमनले अर्को बाटो नरोजी कल्याणको खोजी हुन सक्दैन भन्ने राम्ररी बुझेका हुनाले दलबदलतिर फुत्त वल्लाघरको नरे पल्ला घर सरे गर्छन्।साविकलाई चोर औला ठड्याइ धारे हात लगाइ नव घरमा पुजन, हवन, यज्ञयज्ञादि सम्पन्न गरिसक्छन्। यज्ञ, हवन र पुजनका माध्यमबाट गोत्र परिवर्तन गरी रैथानीलाई आच्छुआच्छु पारिसकेका हुन्छन्।
मातृसंस्थाको पनि देवता सजाइएको खोपीमा पसेर रैथानेका जरा उखेली बोटमा पानी हाल्न लगाइ माथिल्लो भाग हरियाली देखाउनमा खप्पिस हुन्छन्।माथिल्लो भाग हरियो देखेका अधिपतिहरु बडो हर्षविभोर हुन्छन् र तिनको ध्यानदृष्टि जरासम्म पुग्दैन वा खोतलेर हेर्न अचम्मको अल्छि लाग्छ-माइनस डिग्रिको जाडोमा ओडेर राखेको शिरक हटाउनु जस्तै।वर्तमानमा रमाउनुलाई सन्यासी, योगी र तपस्विहरुले पनि मान्यता प्रदान गरेका हुन्छन्। तसर्थ दलविहीन मेरीटोक्रेसीबाट मर्याल-टोक्-रेसीमा परिणत लोकमा यो कार्य असम्भव छ।सम्भव छैन।मरिसकेपछि टोकेको ठाउँबाट रस आउदैन। ओठमा परसमात्र निकाल्ने हो। मुखको दाहिने देब्रपट्टिबाट र्या।ल निकाल्ने हो। थुकका घुट्का घुटुक घुटुक निल्ने हो। जिब्रोलाई सक्रिय पार्दै परस, र्याल र थुकको स्वादमा मेरिटोक्रेसी मेरिटोक्रेसी भन्ने शब्द जप्ने हो।आखिर हरेक अंगहरुको सक्रियता चाहियो नै।
विधान सभाबाट विधिलाई परिमार्जन गरी दलमा स्थायी रुपमा घरजम गरेका वा दल अदलबदलबाट प्रवेश गरेका समान किसिमका प्रमाणपत्र धारीहरुबाट खोपी सम्म पुग्नेलाई मर्यार-टोक्-रेसीका माध्यमबाट दुबोपाती र अलिकति सुनपानी छर्केर योग्यतम् बनाउन सभालाई चलाएमान बनाउनु पर्ने देखिन्छ।यसो हुँदा नमरिकन स्वर्ग जान इच्छुकको इच्छामा पनि रोकावट नहुने र अर्को स्वर्ग निर्माणमा समेत सहज हुने देखिन्छ।
अझ सजिलो उपाय पनि छ दलविहीन नपाउने परिस्थितिमा दलभित्रमा पनि समान अवस्थाका अलि तलमाथि हुन्छन्। तलमाथि मध्यबाट उपल्लो अवस्थाकालाई त सबैले पत्याउन पर्योे। मान्नु पर्योर। स्वीकार्नु पर्योि। स्वीकार्न नपर्ने अर्को कुनै उपयुक्त कारण देखिदैन। तलबाट ठेल्ने र माथिबाट तान्ने विधिबाट आलोपालो गर्दा राम्रै समाधान हुन्छ। सर्प पनि मर्दैन लट्ठी पनि भाँचिदैन। दुध केमा भातमा भनेको उखानले पनि सार्थकता पाउँछ। खुट्टा तान पवृत्ति पनि सेलाउँछ र पालो पर्ख विधिले स्थान पाउँछ ।पालो पर्खमा लाइनमा बस्नु के ठुलो कुरो भयो र? ग्यारेण्टी त के को पो छ र? परिस्थितिजन्य वातावरणले दिए सम्म र अर्कोले नहुत्याए सम्म म नै पहिलो भन्न त कसले रोक्छ। यो पनि त एउटा विधि त हो नि! विधि विना थिती त कसरी बस्छ।
कुनै विधि काम नलागेमा परीक्षा वा प्रदर्शन प्रणालीबाट योग्यतम छान्ने भन्ने कुरालाई स्थापित गर्न सकिँदो रहेछ। भर्यागङ् वा खुट्किलो चढ्दा अगाडि लाग्नु पनि त योग्यता हो। खोपी भित्र पुग्न सक्नु पनि त योग्यता हो। यो अग्राधिकार विधिबाट पनि समाधान निकाल्न सकिदो रहेछ। जो अगाडि उसैको पालो। काइदा को मेरिटोक्रसी भएन त ? यसो हुँदा मेरिटोको घाँटी रेटियो र मार्यो-टोक्- रेसी पनि भन्न परेन। दक्ष अब्बल र योग्यतम् पनि भन्न मिल्यो।
०००
कैलाली
Subscribe
Login
0 Comments
Oldest





































