अमर अधिकारीपाँच खित्कौली
श्रीमतीः काँ खुट्टामा पञ्चा छिराउन लाग्या भन्या ? होस् पनि के भाको होला ? श्रीमानः के गर्नु बुढी ? धेरै जाडो भएपछि होस् पनि हराउँदोरहेछ।
अमर अधिकारी :
(बसबाट ओर्लिएपछि विद्यार्थीले भाडा र कार्ड देखाउँदै गर्दा)
सहचालकः एटिएम कार्डले पनि भाडा छुट हुन्छ त ?
विद्यार्थीः गोजीबाट स्टुडेन्ट आइडी कार्ड झिक्छु भनेको, एटिएम कार्ड पो निस्केछ त के गर्नु ?
-१-
गायकः विहान उठ्नेवित्तिकै हिमाल देख्न पाइयोस् भन्ने गीत मिलेको छ त ?
संगीतकारः मलाई त मिलेकै जस्तो लाग्छ।
गायकः विहान तीनबजे उठे पनि देखिन्छ त हिमाल ?
-२-
सहचालकः कुन कलेजको विद्यार्थी हो र तपाइँ ?
जेष्ठ नागरिकः काँ विद्यार्थी हुनु नि ? जेष्ठनागरिक परिचयपत्र झिक्दैछु !
-३-
(साहुले पसलको र्याकमा बिस्कुट खोज्दै)
साहुः बिस्कुट त सुगर फ्री मात्र छ।
ग्राहकः प्राइस फ्री बिस्कुट छैन साहुजी ?
-४-
श्रीमतीः काँ खुट्टामा पञ्चा छिराउन लाग्या भन्या ? होस् पनि के भाको होला ?
श्रीमानः के गर्नु बुढी ? धेरै जाडो भएपछि होस् पनि हराउँदोरहेछ।
-५-
०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।
Subscribe
Login
0 Comments
Oldest





































