साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जात्रैजात्रा

यिनीजति सारो कुकुर पनि भुकेन साँडे डुक्रन्छन्, बुर्कुसी मारेर उफ्रन्छन् कतै राँगेजात्रा कतै डाँगेजात्रा कतै साँडेजात्रामा मैमत्त छन् मैमत्त छन् साँडेहरू जात्रैजात्रामा ।

Nepal Telecom ad

हेम अधिकारी :

जात्राको मात्रा बढेपछि
जात्रा पनि के खतरा खतरा
गाईजात्रा ता पर्वको जात्रा
के को गाईजात्रा मात्रै र
पर्वैपर्व छन्,जात्रै जात्रा छन्
एकथरी मानिसहरू तल्लीन भएर
गाईजात्रा मनाई रहेछन्
अर्कोथरी महाजात्रा मनाउँदै छन्
ऊ छर्लङ्गै देखिदैछ ।
नाङ्गै जात्रा मनाइदैछ
सर्वाङ्ग छन् तर
वादशाहले लाएको नयाँ लुगामा
छ्याङ्छ्याङ्ती देखिने
डुङ्डुङ् गनाउने बोकाहरू
बोकेर नभरिने डोकाहरू
जात्राका भोकाहरू ।
बोकेजात्रामा मग्नमस्त

गाईजात्रा कहाँ हो र
अझ
साँडेजात्रा मनाइदैछ
राले साँडे,सिँगाने साँडे ,चड्के साँडे,पड्के साँडे
के के साँडे के के साँडे
भदौरे साँडे,जदौरे साँडे बाफ रे बाफ साँडेहरू
भदौमा आँखा फुटेको डिँगाझैँ मैमत्त सँडेहरू
दिउसै जात्रा मनाउछन्
राति नै जात्रा गर्छन् ।
कस्ता खतरा छन् छन्,साँडेका जात्रा !

जनजात्रा, धनजात्रा, लुटजात्रा, फुटजात्रा
जुटजात्रा, ढेागजात्रा,भोगजात्रा केके हो केके
साँडेजात्रा न हो
बेलाबखत ता साँडी जात्रा पनि हुन्छ
जे गरे नि जात्रै हुने
के हुन्छ के हुँदैन र
अचम्मै छ
मैमत्त साँडेहरू सधैँ जात्रामा छन्
चेलीजात्रा, बेटीजात्रा,भेटीजात्रा, केटीजात्रा
डाँगोजात्रा, राँगोजात्रा, मागोजात्रा
हेर्नुस् त जात्रा ता कति हो कति

जात्रे, पात्रे, मात्रेको के कमी र
जात्राजात्रा घरमा मात्रा मात्राका जात्रा
के खतरा
देशमा जात्रा, विदेशमा जात्रा
ए वाफ रे वाफ
जहाँ गयो उहीँ जात्रा

वानेश्वरे जात्रा, सिंहदरवारे जात्रा
बाुवाटारे जात्रा कति जात्रा कति जात्रा
नाप्तैछन् देशको मात्रा
हो जात्रेहरू देशको मात्रा नापी नापी
गर्दैछन् साँडेजात्रा
भन्ने गाईजात्रा गर्ने साँडेजात्रा
साँडेपर्व मनाउनेलाई अर्बले पुगेन
यिनीजति सारो कुकुर पनि भुकेन
साँडे डुक्रन्छन्, बुर्कुसी मारेर उफ्रन्छन्
कतै राँगेजात्रा कतै डाँगेजात्रा कतै साँडेजात्रामा मैमत्त छन्
मैमत्त छन् साँडेहरू
जात्रैजात्रामा ।

गाईजात्रा ता परम्परावादी रे
अपरम्परावादी मनाउछन्
सिंहदरवारदेखि डिँगाको घरबारसम्म पसेर
सहरको जात्रा, गाउँको जात्रा
जंगलको जात्रा, खोलाको जात्रा
भेषको जात्रा
हुँदाहुँदै देशकै जात्रा गरिहेछन्
जात्राको देश
मात्रा मात्रै कति कति हो
जात्रै जात्रा छ
ढाडेजात्रा
साँडेजात्रा
के के जात्रा जात्रा ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उत्पात भो

उत्पात भो

हेम अधिकारी
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
तह मिलान

तह मिलान

हेम अधिकारी
बैतर्नी तर्ने

बैतर्नी तर्ने

हेम अधिकारी
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x