साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश- २७)

राम्रो संसार पार्ने शुभगुण म टिपूँ कर्म आभा फिँजारी । बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।

Nepal Telecom ad

दीनानाथ पाेखरेल :

नौलो भो देश बस्ती कृत पथ थलिँदा कष्ट बढ्छन् सिकाए ।
सङ्लो बाटो समाई अगि बढ कृतमा ज्ञान आभा फिँजाए ।।
जेजे होस् सत्य पक्री कृत पथ म बढे सौख्य मिल्छन् बिचारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।३१।।

केके हुन् गर्नुपर्ने कृत असल कला कर्म आभा म पाऊँ ।
गर्दै सत्कर्म सङ्ला युगलय हितका सिर्जनामा रमाऊँ।।
उम्दा होस् कृत्य बाटो भुवननयनले गीत गाऊन् सिँगारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।३२।।

टन्टा,चिन्ता र झर्को कति पनि नपरोस् ख्याल राख्नै छ मैले ।
हेरी सन्चो बिसन्चो समुचित कृतको मार्ग हिँड्दै छु जैले ।।
पस्कूँ माया हियाले दिलरस गुनिलो दिव्य ऊर्जा उमारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।३३।।

भागून् सन्ताप वैरी अविरल मनमा सौख्य डेरा जमाओस् ।
लौ वृद्धावृद्ध जागून् हितपथ छ भनी नित्य आत्मा रमाओस् ।।
मेरा छन् योग्य मानून् दुहित र दुहिता चेत आफ्नो उघारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।३४।।

सङ्लो बाटो छ मेरो विधिपथ पद छन् भ्रष्टता क्रूर छैन ।
अर्काको अश्रु खाने अधम हृदयको दुष्टताले छुँदैन।।
राम्रो संसार पार्ने शुभगुण म टिपूँ कर्म आभा फिँजारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।३५।।

०००
सुम्बेक, इलाम नगरपालिका वडा नं ०२, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बाबुआमा (काव्यांश -६१)

बाबुआमा (काव्यांश -६१)

दीनानाथ पाेखरेल
खेताला छन् अबुझ परका …

खेताला छन् अबुझ परका...

दीनानाथ पाेखरेल
बनेर वृद्ध तारक

बनेर वृद्ध तारक

दीनानाथ पाेखरेल
बाबुआमा (काव्यांश- ६०)

बाबुआमा (काव्यांश- ६०)

दीनानाथ पाेखरेल
म के भएँ

म के भएँ

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x