साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अतिथिको बेथिति

एकैछिनमा भाषण गर्छन बेलिविस्तार खोल्दैे आग्रा–गाग्रा सवै जोड्छन् तथानाम बोल्दै आयोजकले कतिसम्म यिनका जिम्मा बोक्ने ? अथितीको बेथितिलाई कसले होला रोक्ने ?

Nepal Telecom ad

डा. लोकेन्द्रप्रसाद पौड्याल :

बोलाएको अतिथिज्यू
कार्यक्रममा ढिलो
पर्खाइ गन्दै सहभागी
पुरै थिलथिलो

चलनै छ भि.आई.पि. को
ढिलो आउने बानी
तैनि ल्याउछन् आयोजकले
तिनलाई छानिछानी ?

ढाकछोप गर्छन् उद्घोषकले
व्यस्तताको नाउँमा
झुट कुराको मलम लाउँछन्
पर्खाईको घाउमा

त्यत्तिकैमा आईपुग्छन्
नेता हात जोडी
समयको मान्यतालाई
लाज पचाउदै तोडी

एकैछिनमा भाषण गर्छन्
बेलिविस्तार खोल्दैे
आग्रा–गाग्रा सवै जोड्छन्
तथानाम बोल्दै

आयोजकले कतिसम्म
यिनका जिम्मा बोक्ने ?
अतिथिको बेथितिलाई
कसले होला रोक्ने ? ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
1 year ago

बेथितिका अतिथि यी बन्छन् सधैँ घाँडो।
किन हाल्छन् आयोजकले यिनलाई खोले फाँडो ?

Ishwor Pokharel
Ishwor Pokharel
1 year ago

सटिक चित्र 

Nepal Telecom ad
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
2
0
Would love your thoughts, please comment.x
()
x