साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अझै होली खेल

सर्वहारा मोटरमा गुडेका छन् आज चौबीसेका राजा यिनी चलेको छ राज पार्टी हुन्छ होटेलमा करोडौंको बिल चल्ला हामी जनता हौँ नेता भए बाज ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

होली खेल साथीहरू अझै होली खेल
पारिबाट मगाएर लोला गोली खेल
सारा पैसा रित्याउँदै छिमेकी त्यो पोस
पालैपालो भागशान्ति आलु पोली खेल ।१
•••
सियो धरि बन्नु छैन करोडौंको रङ्ग
चाइनाको पेचकारी किन पर्नु दङ्ग
यस्तै यस्तै चाडपर्व थप्न पाए केही
व्यापारमा नाफा गर्ने पुग्थ्यो हाम्रो ढङ्ग ।२
•••
रगतका होली खेले कति जना मारे
बैङ्क लुटी अर्बौं अर्ब आफैँ झ्वाम्म पारे
मिठा मिठा नारा दिए देश बनाउने
आफ्ना भाइ भतिजो र साला अघि सारे ।३
•••
ठेक्का पट्टा आफ्नालाई डोजरको काम
जङ्‌गलका सिमलका रुख तिम्रा नाम
हिजो पूजा गर्न रोक्यौ आज भक्त बन्छौ
माक्र्स माओ लेनिनले पाए कति दाम ।४
•••
सर्वहारा मोटरमा गुडेका छन् आज
चौबीसेका राजा यिनी चलेको छ राज
पार्टी हुन्छ होटेलमा करोडौंको बिल
चल्ला हामी जनता हौँ नेता भए बाज ।५
•••
०००
हाल: बैजनाथ १, चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x