साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अन्यौलग्रस्त मानव

असन्तुष्टि भयो मौका, सत्य बिचार मारियो लुकाएर सबै नौनी, बोसो सर्लक्क खारियो। अगेनामा बसेकाले, शुद्ध घिउ भनेपछि बोसोको घिउ चोखो भो, मान्छे लास बनेपछि ।

Nepal Telecom ad

शम्भुप्रसाद गजुरेल :

नेता पिडक हो भन्ने, हल्ला हुन्छ सधैं तर
भेडाको हुल झैँ आफै, लाग्छन् पछि निरन्तर ।

डोरो मालिकले तान्छ, नाच्दछन् पुतली बनी
प्रभुको पाउमा तालु, राख्दछन् जय होस् भनी ।

जान्छन् कुमार यात्रामा, गणेश चाकरीतिर
जित गणेशको पक्का, हार्छन् कुमार आखिर ।

आशीर्वाद लिने होड, मच्चिन्छ जब तोडले
क्रान्तिका पथ भत्किन्छन्, कुर्लिन्छ दैत्य जोडले।

स्वाभिमान सँगै बोक्ने, बानी छैन कठै अब
परजीवी बनी बाँच्ने, जुका जुम्रा बने सब।

असन्तुष्टि भयो मौका, सत्य बिचार मारियो
लुकाएर सबै नौनी, बोसो सर्लक्क खारियो।

अगेनामा बसेकाले, शुद्ध घिउ भनेपछि
बोसोको घिउ चोखो भो, मान्छे लास बनेपछि ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x