साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किन ?

हाम्रो देश त विश्ववाग कसरी नासी बिगार्यै किन ? त्यागी धैर्य सुकोमलादि मनका भाँची लघार्याै किन ?। चुस्छौ देश तथापि भक्त हुँ भनी ढाँटेर सारा किन ? हिँड्छौ मस्त नशा पिएर यसरी बेढङ्ग पारा किन ?॥

Nepal Telecom ad

जीवनाथ अधिकारी :

आमाको तन जीर्ण जीर्ण कसले चोक्टा बनायौ किन ?
आफन्तै सब घात, रक्त रहमा हाँस्तै निदायौ किन ?।
नेपालीपन गर्व गर्न सकिने आस्था हरायौ किन ?
हाँस्तै मर्न सिकाउने सबलता स्वात्तै गिरायौ किन ?।॥१॥

भत्केका घरका निदाल अथवा गाह्रो लडायौ किन ?
द्यौता मन्दिरका झिकेर कसरी डाँडो कटायौ किन ?।
चेलीको शिर रित्तियो सिँदुरले, रित्तो बनायौ किन ?
पैसा नै सबथोक ठानी विचरा हैरान पार्यो किन ?॥२॥

बाटो खन्न सघाउने घनहरू काहाँ लुकायौ किन ?
सच्चा दृश्य लुकाउँदै कुछलले सारा भुलायौ किन ?।
लामो हात नदेखिने मुलुकमा स्वीकार गर्छौं किन ?
चाट्तै पाउ पराइको दिन दिनै बाँचेर मछौं किन ?॥३॥

आफ्‌नो राष्ट्र लुटेर पूर्ण धनले पर्देस भछौँ किन ?
खाई जङ्गल डम्म पेट अहिले गन्धै डकाछौँ किन ?।
छोड्दैनौ ढल नाल घाट अथवा बाटो र घाटो किन ?
दिन्नौ मिल्न समस्त आज दुनियाँ पारेर फाटो किन ?॥४॥

उच्चा माथ समस्त विश्वभरमा हाहा ! गिरायौ किन ?
चौडा भाव उदार भित्र दिलको सङ्कीर्ण पार्यै किन ?।
पुर्खाको पसिना चुकाउन भनी यत्नै गरेनौ किन ?
आमाको मुटु रोपिँदा हृदयमा, भाला झिकेनौ किन ?॥५॥

हाम्रो देश त विश्ववाग कसरी नासी बिगार्यै किन ?
त्यागी धैर्य सुकोमलादि मनका भाँची लघार्याै किन ?।
चुस्छौ देश तथापि भक्त हुँ भनी ढाँटेर सारा किन ?
हिँड्छौ मस्त नशा पिएर यसरी बेढङ्ग पारा किन ?॥६॥

वैरीका बलले जहान थिचिए साँच्चै रमायौ किन ?
सासै फेर्न कठिन यो मुलुकमा घाँटी समायौ किन ?।
तिर्खा प्यास बनेर व्याकुल हुँदा पानी सुकायौ किन ?
‘मेरो देश म बोक्छु माथि शिरमा’ भन्दा लुकायौ किन ?॥७॥

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका सारद हुन्

पाका सारद हुन्

जीवनाथ अधिकारी
मालामाल कमाल

मालामाल कमाल

जीवनाथ अधिकारी
थुक्क मान्छे ! तँ मर्छस्

थुक्क मान्छे ! तँ...

जीवनाथ अधिकारी
सन्तोष /असन्तोष

सन्तोष /असन्तोष

जीवनाथ अधिकारी
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
0
Would love your thoughts, please comment.x
()
x