कृष्ण शर्मा सुमुपैसा कमाउने ज्ञान
जे होस ठुल्- ठुला आकाश छुने तलामाथि तलाको घर देख्दा छक्क पर्छु यत्रो घर बनाउने पैसा मान्छेले कहाँबाट ल्याउछन् होला, सोच्दा नि दिमाग तीन घुम्तीमा पुग्छ । अचम्मको दुनियाँ छ।

कृष्ण शर्मा सुमु :
लाज लाग्छ भन्नू पनि गरीब भएपछि धनी हुने सपना देख्नु कुनै पाप चै होइन।तर धनी भएर गरीब हुने सपना देख्नु चै पाप हो।तर कुन चै मुर्दा पो गरीब हुनू चाहन्छ होला र ? `जति धनी उति नै लोभी हुन्छ´। यो भनाइ एउटा गरीबले भनेको हो।
म पनि `धनी कसरी हुने´? भनेर एउटा किताब छपाउने रहर थियो तर पैसा नभए अहिले त्यो किताब थाँतीमा नै छ।
पैसा नहुनू जति पिर त के होला र ? त्यो पीडा म जति कसलाई थाहा होला र ?
धनी किन लोभी भयो त ? मेरो अनुसन्धान अहिले यतातिर छ।अब त्यो धनी मानिस पनि एकदिन गरीब नै थियो होला! होइन र ?
आमाको पेटबाट त कसले के पो लिएर आएको छ त ? होइन नि सर आमाको पेटबाट अलिकति गुहु लिएर आएको हुन्छ नि भन्दा त्यो मानिसको बुद्धिमा जे छ त्यही कुरा गर्छ भनेर म लागे आफ्नो अनुसन्धानको प्रयोगशालातिर…. ।
खासै धनी हुनुको लागि वचत जरुरी छ। वचत के हो त ? अब कुरा गरे कुराको दुख, यो कुरा र खोला जता लगे पनि जान्छ के! नाला भनेन भनेर नाक नदुखाउनु उखान नै उल्टा बनाएपछि वर्तमान पीडिको नैतिक कर्तव्य हो भूललाई सुधारेर लानु। बुढाहरूले तुक मिलाउनु कुरा अनि कूला भनेर त्यस समयको साहित्यको खुराक दिएको मात्रै हो नभए खोलाबाट न कुलो आउँछ। त्यो कुलो खोलाको अंश भएपछि खोलाको कुरा नगरे नाला, पुल, रोड आदिको कुरा गर्दै मूल मुद्दाबाट भगाउने काम त उहिलेदेखि नै चल्दै आएको रहेछ अनि हामी चै मूल मुद्दा पाएन भन्दै राँडी गन्थन गर्दै बसेका छौँ।
ए म कता वचतको कुरा गर्नु बसेको यताउताको कुरा गरेर मरेछु। आजकल त पैसा हुनू पनि सरकारी लाइसेन्स जस्तै हो, जसकोमा छ उसको नातागोता सबै हुन्छ जसकोमा छैन नातागोता बिस्तारै हराउँदै जान्छ।
जे होस् वचत नभएको मान्छे र बिख नभएको साँप एउटै हो। जत्रो नै सिद्धान्त बिचार बोके पनि पैसा छैन भने ती बिचारको पोको खोलामा लगेर सेलाउँदा हुन्छ।
धनी कसरी हुने भनेर एकदिन एकजना साथीले अनलाइन गेम देख्यो। तास, लुँडो, घुम्ने, हावाजहाज के के हो के के गेम रहेछ। यसमा डबल उसमा डबल भनेर भएभरको लोभ देख्यो। मान्छेको मन न हो लोभमा परिहाल्छ नि। मलाई खेल्नु मन चैं पटक्कै थिएन। जहिले दस हजार जिते पाँच हजार जिते भन्दै आउने।
खै ! के मन भयो आवेशमा आएर मैले पनि खेल्नु थाले। पहिला पहिला खुब जिते। बिस्तारै मैले जितेको तान्नु थाल्यो। सेटिङ्ग गेम रहेछ आवेश र आगो उस्तै हो एकदानमा मैले पूरा रकम लगाइदिए यस्तो नराम्रो हारे त्यो दिनदेखि अनलाइन गेममा धनी हुने सपना देख्नु नै छोडिदिए ।
भएन अब यो धनी कसरी हुने भनेर सोच्नु थाले। दिन रात काम गर्दा पनि धनी नहुने रहेछ भनेर एक कुनामा बसेर सोच्न थालेँ । सोच्दा सोच्दा टाउको पनि रावणको जस्तो फुलिनु थाल्यो केही उपया लागेन। म बिस्तारै काम तर्फ फर्कें।
एकदिन एक बिहानै एकजना भैया सुपर लट्ररी लिएर गेटमा आएछ। तीस रुपियाँमा रिक्सावला, दूधवला, पसलवाला धनी भएको भिडियो देखायो। मैले पनि मनमनै बिहान ईश्वरलाई सम्झेर पन्ध्रवटा लटरी काटेँ । एउटामा ६५० रुपियाँ लागेछ । मलाई लोभ लाग्यो मैले प्राय सधैं खेल्नु थाले। बिस्तारै पाएको तनखा बैंकबाट घट्नु थाल्यो। मैले बैंकबाट ऋण लिएर खेल्नु थाले पन्ध्र दिन नपुग्दै एकाउन्ट खाली भयो।
अब खैनी खाने पैसासम्म थिएन तबदेखि मैले लट्ररीबाट धनी हुने सपना पनि देख्न छोडिदिए ।
महोदय सपना अनि विपनामा सबै धनी हुनु चाहन्छ वास्तविक मैले यो व्यङ्ग्यमा निष्कर्ष दिएको होइन तर वचत बिनाको सफलता भाग्यले पाउनु सक्छ तर धनी हुने सपनामा गाँस काटेर, मुटु मिचेर, थुक निलेर, पसिना पानी जस्तै बगाएर, एक एक इञ्चलाई वचत गरेर चोर, ठग, देखि बचाएर धनी हुने गर्दछन् ।
कमाइ छ चारआना खर्च छ बाह्र आना गरे कसरी धनी हुनु सकिन्छ र ? धनी हुनुको लागि उसले गरेको परिश्रम, त्याग, बलिदान आदिको कारण नै धनी मान्छे लोभी हुन्छ।
बाहुन जात लोभी रे … एकजना साथीले स्कुल पढ्दा यो कुरा भनेको थियो, मेरो मुख छुच्चा मैले पनि भनिदिएँ तेरो बाउले चै बाटो भरि पैसा छर्दै हिँड्छ र ? त्यो दिनदेखि उसले जातपातको कुरा कहिले गरेन। जात लोभी होइन वचत गरेर भविष्य सोच्नु नै धनी हुनु हो।आजको उत्तर आधुनिक युगमा यस्ता जातपात, कुसंस्कार जस्तो रोग पालेर हिँडेको छ भने उ जति जातिको लागि बिषालु मान्छे कोही छैन ।
हस्पिटलमा तत्काल रगत चाहिए तपाईं के गर्नु हुन्छ ? रगत कुन जाति वा जातको हो भन्दै ब्लड बैंकमा गएर सोध्नु हुन्छ र ? जब मृत्युको मुखबाट बचाउने दाता नै ईश्वरको स्वरूप हो भनेर तपाईं रगत दातालाई मनबाट धन्यवाद दिनु हुन्छ।यहाँ जातले कसैलाई भात खानु दिँदैन । कर्म, पसिना, मेहनतको लागि ईश्वरले सृष्टि सृजना गर्नु भएको हो। धनी हुनु गरीब हुनु त मानिसको हातमा छ। ईश्वरले सबैलाई नाङ्गो पठाउनु भएको हो। जसले समयमा बुद्धि, मेहनत, पसिना लगाए आज उ धनी छ । म जस्तो अरूले के खायो के लगायो भन्नेहरू आज दुखी छ। मान्छे अरूको खुसीमा जलेर दुखी हुन्छ। दुखी हुने मुख्यकारण यही हो । हामी आफ्नो खुसीमा खुसी हुँदैनौं हामी अरूको खुसी (सफलता)मा धेरै दुखी हुन्छौं ।
जो जल्छ नि उसको अस्तित्व जहिले संकटमा हुन्छ जो बल्छ उसले हजारौंलाई उज्यालो दिएको हुन्छ। जल्नु र बल्नुमा पनि धेरै फरक छ। यो विषय मैले मेरो पाठक समक्ष राख्दै पैसा कमाउने ज्ञान यसरी बाँटे ।
यसरी दिमागमा जोड दिँदै थिए, यता गर्दा पनि हुँदैन उता गर्दा पनि हुँदैन । भाग्यमा छैन भने डोकोमा दूध दुहेर हुन्छ र ? भाग्यमा हुनू पर्छ गोरु पनि बियाउने हुन्छ, भन्थे बुढाहरूले हो रहेछ आज विज्ञानले के चै गरेको छैन र ? गाईलाई गोरु बनाएको छ बाख्रालाई बोका बनाएको छ । आजकल खसीको मासु कम खसीको आमाको मासु धेरै बजारमा पाइन्छ। यो सबै हुनुमा पैसाको ठूलो भूमिका खेलेको छ।
जे होस ठुल्- ठुला आकाश छुने तलामाथि तलाको घर देख्दा छक्क पर्छु यत्रो घर बनाउने पैसा मान्छेले कहाँबाट ल्याउछन् होला, सोच्दा नि दिमाग तीन घुम्तीमा पुग्छ । अचम्मको दुनियाँ छ।
भएन भनेर एक चक्कर मार्केट घुमेको चिया दोकानमा एउटा भैया भेटे। जीवन बीमाको रहेछ। यसमा फाइदा छ उसमा फाइदा भन्दै थियो। एउटा स्किम त यस्तो देखायो जो मरेपछि धेरै फाइदा रहेछ।
उसको स्मिक आधा बुझे आधा कानबाट पार भएर गयो । एकछिन रुममा पसेर सोचे आखिर म बीमा गर्ने मान्छे नै मरे फाइदा त थोडी मलाई हुन्छ र ? हैट !! मरेपछि सबै राजा ! मान्छेले मरे पछिको फाइदा हेर्छ नाफा र नोक्सान जोख्छ । कतै गर्दा पनि यो पुरपुरोमा घाम नलाग्ने रहेछ।
अचानक यसो मोबाइलमा सेयर मार्केट बारेमा ज्ञान दिँदै रहेछ। मेरो चासो बढ्यो। कतै भएन धन हुने बुद्धि नहुनेहरूको लागि सुनौलो अवसर रहेछ। छ महिनामा पैसा डबल।मान्छे धनी हुने चाल त यो पो रहेछ भनेर मैले पनि भएभारको रकम सेयर मार्केटमा हालिदिए….बजार भावको कारण हालेको रकम पनि घट्दै गयो। लास्टमा त एक हजारको नोक्सान सहेर निकाल्नु परेको दुखत घटना यता भने ल ?
यो पैसा कमाउने ज्ञानमा त कहिले काहिँ बैंक नै डाका हालौं कि जस्तो लाग्छ फेरि सोच्छु आजसम्म कमाएको नाम किन डुबाउनु भनेर परिवारतिर अनुहार फर्केर हेरेपछि आफूलाई पनि यो देशको इमानदार नागरिक लाग्छ र मात्रै ।
कतै कसैले यस्तो ज्ञान रुपी सागरमा पैसा कसरी कमाउने भन्ने किताब लेखे मलाई पनि भन्नू होला !
०००
सिलगढी, भारत
Subscribe
Login
0 Comments
Oldest





































