साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नियुक्तिबाट उन्मुक्ति  

उहाँले कुरा फेर्ने छिन छिन गाडी फेर्ने तीन तीन डेरा फेर्ने प्रतिदिन उता अखबारले प्रतिफल छापेको थियो। प्रत्येक नागरिकको टाउकोमा ९१ हजारको विदेशी ऋण ? ताकधिन- धिन ।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

प्रश्न त छ -१

“क” को जब भयो नियुक्ति।
कसरी, किन,कुन आधारमा
गरियो उनको नियुक्ति? जाँच्न
“ख” को भयो नियुक्ति।

“ख” को जब भयो नियुक्ती
किन पर्‍यो आवश्यकता? बुझ्न
“ग” को भयो नियुक्ति।

“ग” को योग्यता नै नपुगेर
कसरी भयो नियुक्ति ? जाँच्न
“घ” को भयो नियुक्ति।

नियुक्तिको यस अत्युक्तिपूर्ण युक्तिले
देशले कसरी पाउला उन्मुक्ति
प्रश्न त छ ?

विदेशी ऋण / प्रश्न त छ -२

उहाँले कुरा फेर्ने छिन छिन
गाडी फेर्ने तीन तीन
डेरा फेर्ने प्रतिदिन
उता अखबारले
प्रतिफल छापेको थियो।
प्रत्येक नागरिकको
टाउकोमा
९१ हजारको
विदेशी ऋण ?
ताकधिन- धिन
प्रश्न त छ ?

किन हेलामा / प्रश्न त छ -३

दुनियाको मेलामा
बुढेसकालको बेलामा
स्वार्थको खेलामा
उ एक्लो बुढो
पर्खेर बसेको छ
अन्तिम परिणति
किन हेलामा।
प्रश्न त छ ?

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x