साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँडेको लडाईं बाच्छाकाे मिचाई

गर्छन् शासन साँड बृद्ध जनमा, खेदी युवाको सब। रित्ती गोठ भए सबै समरका, के हुन्छ होला अब।।

Nepal Telecom ad

बालकृष्ण खनाल :

बाच्छाले डरलाग्छ भन्छ बिचरा, साँडे सधै जुद्धछन्।
देखाई रमिता सधा सदनमा, खाँदापिंदा जुट्दछन्।।
साच्चै सत्तुर झै कटाक्ष गरदै, गर्छन् अझै भाषण।
आएको कमिसन बसेर सँगमा, लाग्छन् बिलो बाँणन।।

मर्छन् खान नपाइ गाउँ घरका, बाच्छा र बाच्छी उता।
जान्छन् ती महँगा रिसोट दिनकै साँडेहरूले यता।।
बाच्छा देख्न हुँदैन गाउँघरमा, पुग्छन् तही साँडले।
गर्छन् मोल र तोल दुष्ट जनले, बोलेर जो प्यारले ।।

रित्तो भो अब गोठ बृद्ध पसुको, को गर्छ सेवा भन।
यस्तो हालत आज गाउँघरको, देखेर रोयो मन।।
गर्छन् शासन साँड बृद्ध जनमा, खेदी युवाको सब।
रित्ती गोठ भए सबै समरका, के हुन्छ होला अब।।

नारी मस्त जवान एक घरमा, छोडेर जान्छौ किन।
लाखौँ लाख खुवाइ दुष्ट जनको, जान्छौ लगाई रिन।।
भोको मर्न परेन पुर्बजहरू, खोर्सेर माटो बसे।
कोही दु:ख गरे पहाड तिरनै, कोही तराई पसे ।।

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
के के नयाँले गरे

के के नयाँले गरे

बालकृष्ण खनाल
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
पैसा कमाएपछि

पैसा कमाएपछि

बालकृष्ण खनाल
बोल्दै नबोल्ने भयो

बोल्दै नबोल्ने भयो

बालकृष्ण खनाल
भागेर जो गैगयो

भागेर जो गैगयो

बालकृष्ण खनाल
उत्खनन

उत्खनन

सरूभक्त
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x