साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खन्चुवा

भेटेको जेसुकै खान्छ खेती हेर्दैन अन्नको खानको कालभो कस्तो भाग खोस्छ बिपन्न्को भन्दैन त्यो अघाएँ म अझै धेर बटुल्दछ कस्तो त्यो खन्चुवा पेट ह्वास्स दैनिक फुल्दछ ।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन :

जन्मियो झुपडी भित्र अन्न थिएन बासमा
सुत्केरी कसरी पाल्ने परेछन् बाबु त्रासमा

असाध्य लिखुरे बच्चो दूध गाह्रो चुसाउन
त्यो बेला जोसुकै भन्थे गाह्रो छ यो बँचाउन

अवस्था घरको कस्तो रुन्थे भोका मुसा पनि
नढाटी माग्दथे बाबु यो अवस्था भयो भनी

बाह्र वर्ष हुँदासम्म बच्चा पिलन्धरे थियो
सक्ने भो गाउँमा डुल्न ढाँटेर खान पल्कियो

भेटेको जेसुकै खाने कागभन्दा चलाखभो
सबैले गतिलै माने प्यारो भएछ गाउँको

अझै राम्रो बनोस् भन्दै पाठशाला पठाइयो
पढेन खन्चुवा बानी सिकेछ चाल पाइयो

बेला चुनावको आयो उसैलाई जिताइयो
यसैले गाउँ फेर्ने भो भन्दै नाक फुलाइयो

फूल माला लगाएर राजधानी पठाइयो
बिर्सेछ गाउँको बाटो फर्केन चालपाइयो

भेटेको जेसुकै खान्छ खेती हेर्दैन अन्नको
खानको कालभो कस्तो भाग खोस्छ बिपन्न्को

भन्दैन त्यो अघाएँ म अझै धेर बटुल्दछ
कस्तो त्यो खन्चुवा पेट ह्वास्स दैनिक फुल्दछ ।

०००
चाँगुनारायण, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x