धनराज गिरीउद्योग !
"कसम खाने नै तोड्न हो, जागीर खाएको छोड्न हो ! भोलि बिर्सिन्छ,तैँले फेसबुक ट्याग त्याग्छु भनेजस्तै त हो !" मायालुले पत्याएन। तर प्रोफेसरले मनमनै कसम खायो, उद्योग बन्द भयो ।

धनराज गिरी :
गफ हुन्छ, गफको आदत छ। “नानीदेखि लागेको बानी सिस्नुपानी लाउँदा नि नजानी !” हरिकलाकान्त अलौकिक मामाश्रीको झ्याउरे गीत सम्झियो भाञ्जा “प्रोफेसर सन्झोटनाथ बछौलीराज बेलोधप्रसाद रिजालोपाध्याय चितवनश्रीले !” लागेको बानी, भिडिओ कल गरिहाल्यो आफ्नो आत्मीय मित्र सर्वमान्यनन्दन पवित्रप्रसाद प्रेमस्वरूपकमलोपाध्याय उखानश्रीलाई, “अति त भएन यार ? मेरो भिडिओ कल पनि एक आतङ्क होलाजस्तो, परिवारले झ्याउ मानेका त छैनन् नि ? किन कि उही उही सब्जी, मनोटनस !”
“हा हा हा, तेरो फोन नआए झ्याउ मान्ने हो, सबैले भन्ने नि आज सरको फोन आएन ? भनेर। आदत भयो,समाचारजस्तै! नाटक गरेको होइन। आग्रह पूर्वाग्रह केही होइन। सोची सोची भनेको होइन नि ! मनमा कृष्ण राय नपाल्नू !”
“हा हा हा, हेर मायालु,अचेल अचम्म अचम्मको विचार आउन थालेको छ। घाम उदाएदेखि अस्ताएसम्म देशको चिन्ता, विदेशमा बसेर। अनि नि, तिमीलाई लगाएको चार्ज त साझा रहेछ, थेगो, मलाई त पहिला नै थाहा थियो ! अरूले पनि भने!” प्रोफेसर ।
“जे जे भने पनि हुन्छ, जे पनि पचाउने बानी पर्यो। म पनि सिर्जन अविरलकै पिताश्रीको हमनाम, हलाहल पचाउने नि !” मायालु। अनि,गफ भयो। केही पात्रहरूको मज्जाले कुरा काटियो। निन्दा उद्योग, यो पनि नेपालको स्थायी संस्कार !
“यार प्रोफेसर, यो उद्योग ठीक होइन। के अर्थ छ अरूको कुरा काटेर ? हामीभित्र एक हीनग्रन्थि छ “उच्चताभास” को, अरूलाई खुइल्याउन पाए आनन्द मान्ने ! यो रोग हो। अरूलाई यसोउसो भनियो,के अर्थ ? मुखैमा भने पो !” मायालु । होशमा आयो।
“हामीले, जमुनाकान्त रत्नकृष्णनन्दन दङ्गाल र यो कङ्गालले ३२ jर्षअघि बनाएको विधान, आचारसंहिता, आज आएर इतिहास सम्झिदा गौरव लाग्यो। हो त, सकारात्मक नबन्ने हामी ! ल, यो उद्योग बन्द ! मलाई पनि रमाइलो लाग्दैन। कसैको पनि कुरा नकाट्ने!कसम !!” प्रोफेसर ।
“कसम खाने नै तोड्न हो, जागीर खाएको छोड्न हो ! भोलि बिर्सिन्छ,तैँले फेसबुक ट्याग त्याग्छु भनेजस्तै त हो !” मायालुले पत्याएन। तर प्रोफेसरले मनमनै कसम खायो, उद्योग बन्द भयो ।
०००
चितवन, हाल क्यानडा
Subscribe
Login
0 Comments
Oldest







































