साइबर अपराध सम्बन्धी सचेतना सामग्री

…त्यसपछि के भयो ?

वेइमानहरुको राजनैतिक स्वार्थको कन्टेनरमा उम्लिरहेको तातो सुपको घुलनशील झोलमा मिसिएको र त्यही सुप, साँझको रिसेप्सन पार्टीमा सांसदहरुको हातको बाउलमा सजिएको पनि देखियो ।

Nepal Telecom ad

राजेन्द्रप्रसाद अधिकारी :

देशको नामुद कलाकारद्वारा
संसद भवनभित्र, सभाकक्षको सफेद भित्तामा
सिसाकलमद्वारा कोरिएको जीवन्त चित्रको छेपारो
एकाएक झस्कियो र तल खस्यो

सभामुख रिसले आगो भए
र, सफेद भित्ताबाट खसेको
कालो छेपारोलाई थुन्ने आदेश दिए,
भित्तामा चित्र कोर्ने
कलाकारलाई पक्रने आदेश दिए
अनि, छानविनको लागि
एक उच्च स्तरीय समिति गठन गरे

समितिले छेपारोसँग बयान लिन खोज्यो
चित्रकारको अनुपस्थितमा, फगत् काला रेखाहरु
छेपारो त्यहाँ थिएन, काला रेखाहरु चुप रहे
समितिले कलाकारसँग बयान लिने कोशिस गर्यो
छेपारोको अनुपस्थितमा, फगत् सेतो भित्ता
चित्र त्यहाँ थिएन, सेतो भित्ता चुप रह्यो
सभामुख गम्भीर भए
र, फोरेन्सिक जाँच गर्ने आदेश दिए

फोरेन्सिक प्रतिवेदन भन्छ-
“सक्कली छेपारोभन्दा चम्किलो
र प्रकाशको गतिभन्दा छिटो रंग फेर्न सक्नेि
मानिस जस्तै देखिने नयाँ प्रजातिका छेपाराहरुको
लज्जाहीन नौटङ्कीबाट निसास्सिएर
निष्ठावान चित्रकारले भित्तामा कोरेको प्रतिनिधि छेपारो
वेइमानहरुको राजनैतिक स्वार्थको
कन्टेनरमा उम्लिरहेको
तातो सुपको घुलनशील झोलमा मिसिएको
र त्यही सुप, साँझको रिसेप्सन पार्टीमा
सांसदहरुको हातको बाउलमा सजिएको पनि देखियो”
प्रतिवेदनको अन्तमा
फोरेन्सिक-विज्ञले, यौटा रहस्यमय प्रश्न राखे-
“सम्मानीय सभामुख महोदय-
अब बाँकी तपाईं नै बताउनुस्
त्यसपछि के भयो ?”

०००
२०८२ असार १
चण्डाेल, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देउता‚ अनि तिमी चाहिँ किन चुप ?

देउता‚ अनि तिमी चाहिँ...

राजेन्द्रप्रसाद अधिकारी
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
तपाईंलाई चिन्ने कसरी हो ?

तपाईंलाई चिन्ने कसरी हो...

राजेन्द्रप्रसाद अधिकारी
हैन के छ त्यस्तो हाम्रो देशमा…

हैन के छ त्यस्तो...

राजेन्द्रप्रसाद अधिकारी
टोलको यौटा मासुपसल

टोलको यौटा मासुपसल

राजेन्द्रप्रसाद अधिकारी
गलेको काँध र मक्किएको झोला

गलेको काँध र मक्किएको...

राजेन्द्रप्रसाद अधिकारी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x