गायत्री परिरोशनीरोगको नाम के होला ?
नयाँ स्वादका नयाँ कुरा चाख्न र समाउन मनपर्छ ॥ काम गरेर पसिना चुहाउने ठगहरुलाई बिनासित्तैमा जमाउन मनपर्छ । अरुको विचल्ली पारेर आफू मात्र मस्तले रमाउन मनपर्छ ॥
गायत्री लम्साल :
हरियो सागपात खाएकै छु
यी आँखाले अरुले गरेको काम
जति राम्रो भए तापनि,
अँ— हँ पटक्कै देख्दै देख्दैन ।
नहुने काम गर्दा आफूलाई
महान् भएको भान हुन्छ ॥
जति ठूला अपराध गर्यो
उति ठूलो शान हुन्छ ।
भन्नोस् न यो रोगको नाम के होला ?
शोसल मिडियामा हो
मेरो र मेरी भन्ने त,
यथार्थतामा,
अर्काकै मोरो र मोरी मनपर्छ ।
कहिलेकाँही त अझ आफ्नै साथीको
सासूको छोरी मनपर्छ ॥
अझ नढाँटी भनौँ है त
आफ्नी काली हुनेलाई
गोरी मनपर्छ अनि
गोरी हुनेलाई काली मनपर्छ ॥
भन्नोस् न यो रोगको नाम के होला ?
काम नै नगरी पैसा
टन्न कमाउन मनपर्छ ।
उदाएदेखि अस्ताएसम्म
नयाँ स्वादका नयाँ कुरा
चाख्न र समाउन मनपर्छ ॥
काम गरेर पसिना चुहाउने ठगहरुलाई
बिनासित्तैमा जमाउन मनपर्छ ।
अरुको विचल्ली पारेर
आफू मात्र मस्तले रमाउन मनपर्छ ॥
भन्नोस् न यो रोगको नाम के होला ?
०००
स्याङ्जा









































मन पर्ने कुरा त यस्ता नकच्चरा हुन्छन् र ?
Rajnaitik neta ko gulamile payeko safaltako upaj testo huncha, samaye aayepachhi sabai dekhinchha. Tyo rogko name ho mapain