साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सडक बीचको सालिक

माघको रात्रि त बनेर आउँछ काल कठ्यांग्रिएर चिसोले हुन्छ बेहाल। सडकको धूलोले गर्छ बवाल धुलो पुछने मसँग हुँदैन रुमाल ।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

भन्नलाई त मेरो गरिएको छ सम्मान
तर अनुपयुक्त ठाउँमा ठड्याएर
भएको छ अपमान ।

जाउँ त म कता जाउँ,
कन्याउनु पर्दा कसरी कन्याउँ ।
धत् यो “काग”
लाई मेरो टाउको नै
भएको छ प्रिय शौच गर्ने ठाउँ।

यो कस्तो विकृति
सालिक ठड्याइन्छ
न कुनै सोधपुछ न कुनै स्वीकृति।

चौबिसै घण्टा उभिनु पर्ने
सडकको बीचमा
मानिसहरूको किचकिचमा।

मैले त गरेको थिइन, कुनै न गर्नु पर्ने काम,
तर यहाँ राति राति
मैले नांगा आँखाले देख्नु पर्छ
बेकामका “काम” धुमधाम।

माघको रात्रि त बनेर आउँछ काल
कठ्यांग्रिएर चिसोले हुन्छ बेहाल।
सडकको धूलोले गर्छ बवाल
धुलो पुछने मसँग हुँदैन रुमाल ।

आन्दोलनकारी हान्छन्
हथौड़ा डंग डंग
हिजो त लगाइयो अबीर
आज भताभुङ्ग बेढंग।

भन्नलाई त मेरो गरिएको छ सम्मान
तर अनुपयुक्त ठाउँमा ठड्याएर
भएको छ घोर अपमान ।
होइन र….?

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x