साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दहीको दसा

दहीमा चिउरा मिल्थ्यो ग्रहदशा मिलाउँदा दशा लाग्यो दहीलाई मिल्न खोज्दैन भेटिँदा । दशामा पसलेसम्म मुछिएछन् कठैबरा दही कागजको हुन्छ कुरा उत्तम छैन र ।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन :

दहीलाई दशा लाग्यो भन्ने खबर पाइयो
दहीभन्दा समाचार पढ्दा चाँडै अघाइयो।१ ।

दही मध्य हिजोसम्म जेठो भक्तपुरे थियोे
दशालाग्यो उसैलाई बाठो भएर बिग्रियो ।२ ।

दशा बाजा बजाएर उसैका घरमा पस्यो
दह्रो भक्तपुरेलाई पाता फर्काउँदै कस्यो ।३ ।

दहीको कतरा जम्मै लानेभो यमलोकमा
दयालु पसले आज डुब्यो चुर्लुम्म शोकमा ।४ ।

दही हो जिन्दगी मेरो उसैको आज यो गति
दया गर्दै म आफैले ख्वाएँ विषाक्त ओखती ।५ ।

दशाले दूधमै घेरा हाल्यो भन्छन् सबैतिर
दहीको हाल बेहाल पार्ने कोको छ माहिर ।६ ।

दूधसँगै मिल्यो पानी यहीँबाट दशा सुरु
दशा ल्यायो रुपैयाँले आए नयाँ कथाहरू। ७।

दशा लाग्दै नलागेको आजसम्म दही थियो
दहीकै दुर्दशा देख्दा मान्छे चिन्तित देखियो ।८ ।

दहीमा चिउरा मिल्थ्यो ग्रहदशा मिलाउँदा
दशा लाग्यो दहीलाई मिल्न खोज्दैन भेटिँदा ।९।

दशामा पसलेसम्म मुछिएछन् कठैबरा
दही कागजको हुन्छ कुरा उत्तम छैन र ।१०

०००

चाँगुनारायण, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x