साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समीक्षा र सिंहासन

भोलिपल्ट पत्रिकामा ठूलो शीर्षक छापियो: "प्रज्ञालाल कविराज: नेपाली विचारका अधिमानव।" अनि समीक्षाको अन्तिम पंक्तिमा लेखिएको थियो: "हामीले यस्तो विचारक युगौंपछि पाएका हौँ, यिनको आलोचना गर्नु आत्महत्यासरह हो।"

Nepal Telecom ad

शम्भु गजुरेल ‘कुनाघरे काइँलो’ :

त्रिवेणी विश्वविद्यालयको प्राङ्गणमा एउटा झ्यालबिहीन हल थियो। त्यसका भित्री भागमा नेपालका गन्यमान्य विद्वानहरू विराजमान थिए भने बाहिर स्वतन्त्र विचारका अनेकौं झिल्काहरू मडारिइरहेका थिए।

“नवयुगीन दृष्टिमा पुरातनको पुनर्जागरण” विषयमा विशेष संगोष्ठीको भव्य तयारी भइरहेको थियो। मुख्य वक्ताका रूपमा डा. प्रज्ञालाल कविराजको आगमन भइसकेको थियो। उनी आफ्नो आसन ग्रहण गर्नुअघि पटुका १३औँ पटक सम्हाल्दै गर्जिए, “हामी नेपाली विद्वान्, हामी ज्ञानका वंशज, बुद्धका सन्तति, र वेदका पवित्र वारिस हौँ।”

सभाभवन तालीको गड्गडाहटले गुञ्जियो। प्रज्ञालालका ओठमा मन्द मुस्कान थियो, जुन कुनै देवत्वको प्रतिमूर्तिझैँ देखिन्थ्यो।
डा. प्रज्ञालालको वरिपरि “कुशवाहक मण्डली” थियो— उनीहरू विद्वान् थिएनन्, बरु प्रज्ञालालको कण्ठस्वरको मधुर बाँसुरी थिए। डाँडा र बारीका सामान्य कथा-व्यथाहरूलाई समेत दार्शनिक स्वरूप दिएर, उनीहरू जसरी पनि आफ्नो “सन्दर्भ सूची” लाई ठूलो बनाउँथे।

एकपटक कसैले अस्पष्ट स्वरमा भन्यो “नित्सेवादी ?”
“ओहो ! ती मानसिक विक्षिप्त अराजकहरू ?” डा. कविराज हाँसे, “हामी बुद्धका उत्तराधिकारी, नित्से पढेर के पाइएला र ?” त्यो स्वर काठको सिंहासनबाट निस्किएको आवाजजस्तै गुञ्जियो र मौनमा बिलिन भयो।

त्यही बेला सभा हलको ढोकाबाट एकजना युवक चप्पल पड्काउँदै भित्र पसे उनको चिउँडोमा भर्खरै जुँगा पलाउँदै थियो र आँखामा तीब्र जिज्ञासा झल्किन्थ्यो।
“महाशय, म केही प्रश्न राख्न सक्छु ?” उसले अलि हिच्किचाउँदै सोध्यो।
डा. कविराजले कृपालु भावमा भने, “बोल।”
उनले सोधे, “हामी आफैँ विचार निर्माण गर्दैछौँ कि केवल पुरानै कुराको पुनरावृत्ति गरिरहेका छौँ ? अनि किन हामी प्रश्नभन्दा प्रशंसा खोज्छौँ ?”

एकछिनसम्म पूरै सभाहलमा सन्नाटा छायो। त्यसपछि झुन्डले एकै स्वरमा भन्न थाल्यो—”अपरिपक्व !” “विद्रोही मनोवृत्ति !” “पश्चिमी दुर्गन्ध !”

उनलाई सभाबाट तत्कालै बहिष्कार गरियो। उनका प्रश्नहरू भन्दा पनि, उसले कसैका अगाडि शीर झुकाएन भन्ने कुरा कसैलाई मान्य भएन।
उनी बाहिर निस्के। कुनै ठूलो पुस्तक थिएन उनीसँग तर एउटा थोत्रो निब भने थियो। उनी गुनगुनाए, “ईश्वर मरेका छन् भन्ने होइन, प्रश्नहरू जिउँदै छन् भन्ने हो।”

भित्र डा. कविराज सिंहासनमा फर्किए। उनको अनुहारमा काठको देवताको जस्तो भाव थियो— अचल, प्रसन्न र केवल प्रशंसा मात्र खप्ने।
“अब समीक्षा सत्र सुरु गरौँ,” उनले भने। “डा. हनुमानप्रसाद, कृपया आफ्नो काव्य–पुनरावलोकन प्रस्तुत गर्नुहोस्— तर कृपया, कुनै प्रश्न नगर्नुहोला।”

भोलिपल्ट पत्रिकामा ठूलो शीर्षक छापियो: “प्रज्ञालाल कविराज: नेपाली विचारका अधिमानव।”
अनि समीक्षाको अन्तिम पंक्तिमा लेखिएको थियो: “हामीले यस्तो विचारक युगौंपछि पाएका हौँ, यिनको आलोचना गर्नु आत्महत्यासरह हो।”

०००

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छद्म छायाहरू

छद्म छायाहरू

शम्भु गजुरेल
बिनाकाम दामैदाम

बिनाकाम दामैदाम

शम्भु गजुरेल
मेरो जेठो छोरो

मेरो जेठो छोरो

शम्भु गजुरेल
कालकाे काल छैन

कालकाे काल छैन

शम्भु गजुरेल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x