चन्द्रप्रसाद न्याैपानेपुरस्कारकाे दाैड
न त जितेँ मैले हार्ने पनि किन ? न त यहाँ हारेँ जित्ने पनि किन ? जित सके आफै दौडी लिगलिग किन भनूँ हारेँ बन्दै घिटघिट !
चन्द्रप्रसाद न्याैपाने :
कति सँगै भन्के फन्के कति गत्के
कति त लच्के भत्के फत्फत फत्के
छक परे बाफ्रे चुट्के न त टुक्के
न त तिमी हुक्के ढुक्के न त भुक्के
कति यहाँ हारे जित्ने कति जति ?
कति भए जित्ने हार्ने जति कति ?
अगि बढी सोधौँ को को पछिपछि ?
पछि हुने देखुन् को को अगिअगि ?
न त जितेँ मैले हार्ने पनि किन ?
न त यहाँ हारेँ जित्ने पनि किन ?
जित सके आफै दौडी लिगलिग
किन भनूँ हारेँ बन्दै घिटघिट !
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































