साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डुबान

भीडबाट एक बुद्धिजीवी करायो, “सत्ताले बाँध मात्र फुटाएन, न्याय र सत्यको जग पनि भत्कायो। हामीले बोले पनि सुनिँदैन, किनकि उनीहरूको गठबन्धनले सत्यको मुख थुनेको छ।”

Nepal Telecom ad

वत्सराज कोइराला :

चोकमा मानिसहरू भेला भएका थिए। गाउँबाट बग्ने नदीको बाँध फुटेर गाउँलेको खेतबारी बगाएको थियो। घरहरू डुबानमा परेका थिए र गाउँलेको बिचल्ली भएको थियो। सत्ताको गठबन्धन र तिनका झोलेहरूले बाँधको पैसा हिनामिना गरेको खबर कसैबाट लुकेको थिएन।

चोकमा एउटा बूढो किसान हरिया उभिएको थियो। उसको हात हिलोले लतपतिएको थियो। उसको पाकिसकेको धानको खेत, पानीले थिल्थिलो भएको थियो।

“हामीले भोट दियौं, सत्तालाई जितायौँ, तर उनीहरूले हामीलाई हराइदिए। उनीहरूले हामीसँग कर मात्रै असूल गरे। कहिल्यै बीउ, मल, प्रविधि र अनुदानको सहयोग गरेनन्। भ्रष्टाचार गरेर कच्ची बाँध बनाइदिए। हे भगवान्, तिनीहरूले हाम्रो विश्वास डुबाए,” उसले गहभरि आँसु पार्दै भन्यो।

छेउमा उभिएको एक युवकले आक्रोशमा बोल्यो, “सत्ताका मालिकहरूले बाँधको बजेट गाडी र महलमा साटे। गठबन्धनका झोलेहरूले ताली बजाए। अब देश डुब्दा पनि उनीहरू हाँसिरहेका छन्।”

भीडबाट एक बुद्धिजीवी करायो, “सत्ताले बाँध मात्र फुटाएन, न्याय र सत्यको जग पनि भत्कायो। हामीले बोले पनि सुनिँदैन, किनकि उनीहरूको गठबन्धनले सत्यको मुख थुनेको छ।”

हरियाको सानो नातिको हातमा देशको फोटो थियो। हरियाले नक्शाको फोटो छातीमा टाँस्दै रुँदै भन्यो, “यो देश हाम्रो खेतजस्तै हो। डुब्नबाट कसैले जोगाउन सक्ला त ?”

भीड सन्नाटामा डुब्यो। सबैको मनमा एउटै प्रश्न नाचिरहेको थियो, “आखिर यो डुबान कहिलेसम्म ?” तर जवाफ कसैसँग थिएन। मनमा डुबानको डर बोकेर मानिसहरू चुपचाप आ-आफ्नो बाटो लागे।

०००
मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताजीको गाउँ भ्रमण

नेताजीको गाउँ भ्रमण

काेइराला वत्सराज
कस्तो नक्कली जमाना !

कस्तो नक्कली जमाना !

काेइराला वत्सराज
अनुगमन

अनुगमन

काेइराला वत्सराज
लुतोको दर्शनशास्त्र

लुतोको दर्शनशास्त्र

काेइराला वत्सराज
भाषण गर्न सिक्नुस् !

भाषण गर्न सिक्नुस् !

हरिशंकर परसाईं
समकालीन योगको ‘आसन’ र पेटको ‘भाषण’

समकालीन योगको ‘आसन’ र...

नन्दलाल आचार्य
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
मानिस नै भन्नु पर्छ !

मानिस नै भन्नु पर्छ...

शिवप्रसाद जैशी
0
Would love your thoughts, please comment.x
()
x