साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाल हेर्न विदेश जाऔँ

गोरखाली चिहानहरू उतै लाहुरे र दरबानको रूपमा देशभक्त महानहरू उतै सीप उतै, बुद्धि उतै रगत उतै, पसिना उतै पहिचान खोज्न उतै जाऔँ नेपाल हेर्न विदेश जाऔँ ।

Nepal Telecom ad

उत्तमकृष्ण मजगैयाँ :

हाम्रो देशको पहिचान
आजभोलि विदेशमै सरेजस्तो छ
अब त्यहीँ गएर खोज्नुपर्छ हाम्रो देश ।
हिँड, हामी त्यतै जाऔँ
नेपाल खोज्न विदेश जाऔँ ।

नेपालको सन्दर्भमा
सेमिनार, गोष्ठीहरू उतै
हाम्रो विकासका लागि
योजना बन्ने पनि उतै
मन्त्री-सांसद् गइरहेकै छन्
हिँड, हामी पनि जाऔँ
नेपाल बुझ्न विदेश जाऔँ ।

नेपालका देवीहरू उतै
नपत्याए दिल्ली-बम्बैमा हेर
हाम्रा श्रमदेवताहरू पनि उतै
नमाने विदेशी कारखानामा हेर
प्राचीन मूर्ति र प्रतिमाहरू उतै
हाम्रा नयाँ प्रतिभाहरू पनि उतै
हिँड, हामी पनि उतै जाऔँ
नेपाल हेर्न विदेश जाऔँ ।

फकलैण्ड, करगिल र कोसोभोमा
गोरखाली चिहानहरू उतै
लाहुरे र दरबानको रूपमा
देशभक्त महान् हरू उतै
सीप उतै, बुद्धि उतै
रगत उतै, पसिना उतै
पहिचान खोज्न उतै जाऔँ
नेपाल हेर्न विदेश जाऔँ ।

०००
तिमी नरहे देश डुब्न्याछ (२०५६)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x