साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुशासनको शैली र सिंहदरवारको सूचना

'बोली फुटेका लाटा हो । सुशासन स्वदेशीलाई चखाउन हो र ? विदेशीलाई सुनाउन पो हल्ला गरिएको हो त । यति कुरा पनि बुझ्दैनौं । बरु हाम्रो स्याहार सुसार गर न, दूधसम्म त खान पाउँछौ ।' भैंसी भट्टयाउँदै थिई ।

Nepal Telecom ad

पिँडालु पण्डित :

जैसीथाेकको जमाने जैसी भैंसी चराउन जाँदा पनि कानमा रेडियो छाड्दैनथ्यो । सुशासनका कुरा उसले रेडियोमा धेरै सुनेको छ । त्यसैले ऊ आधुनिक सुशासनको प्रशासनिक शैलीमा कराइ र गराइ कति फरक होला जात्र उत्सुक छ । सुशासनलाई सुनु अघि सात दिनमा हुन्छ भनेको काम सत्तरी दिनमा पनि नभएको देख्दा उसलाई भानुभक्त बोलाएर भट्ट्याइदिऊँकि जस्तो लाग्थ्यो । तर भैरव अर्यालले भकुर्लान् भनेर ऊ चुपचाप लाग्यो । अनि अर्को मनले फेरि के विचार्यो भने भानु र भैरव जस्ता भोलिपीडित भाले पण्डितहरूलाई आजै बोलाएर भोलिको पटक-पटक बेइज्जत गर्नुभन्दा माजका कटमेरे कविहरूलाई कोट्ट्याएर भोलिको भजन भट्टयाउन सके कविहरूको कीर्ति पनि रहने र भोलिको भविष्य पनि सुरक्षित हुन्थ्यो होला । मान्छे कुरै नबुझी भोलिको विरोध गर्छन् । आखिर भोलिकै भरोसामा आजका मान्छे बाँचेका छन् भने भोलिकै विरोध गरेर पक्कै पनि कसैको पेट भरिन्न । आज भकारी भर्न सके भोलि बसीबसी भकुर्न पाइने भएकाले नै कहिल्यै कसैको भोलिको झोली नभरिएको हुन सक्छ ।

आज बिहान रेडियो खोल्नेबित्तिकै जमानेले सिंहदरबारको सूचना सुन्यो । ‘सिहदरबारमा जनगुनासो पेटिका राखिने ।’ सूचनाको सुनाइ पछि उसको मन सन्तोषले सुस्तायो र मनमनमा कुरा खेलायो। अहो, सिहदरबारलाई सबैले गाली गर्थे । सिंहदरबारले केही गरेन/गर्न सकेन । सबैको भनाइ यस्तै हुन्थ्यो । तर बिचरा । उतातिर सिहदरबारलाई भने जनताको पीरमर्का केही चाहै रहेनछ। अनि जनताका लागि के गर्नु पर्ने भन्ने नै थाहा नपाएपछि विचरा उसले पनि के नै गर्न सक्थ्यो त ? फेरि, जनताको बुझाइ पनि उल्टै छ- ‘चन्द्र शमशेरले सिंहदरबार बनाउँदा नै सुत्नका लागि बनाएका हुन्, सुन्नका लागि होइन । त्यसैले त्यहाँ पस्नेबित्तिकै आँखा बन्द हुनु, कान टालिनु र दिउसै निन्द्रा लाग्नु स्वाभाविकै हो ।’

वास्तवमा जनताको भनाइ र बुझाइ यस्तै छ । हामी जनताको पनि जातै त्यस्तो । कुरै नबुझी कराउँछौं। अब जे भए पनि कमसेकम पेटिका मार्फत् नै सही, जनताका पीरमर्का र गुनासो त सुनिने भयो । सुशासनको उदय भयो। आशा गरौं, आजको वैज्ञानिक युगमा त्यसैलाई अलिअलि प्राण दिएर उभ्याइदिने हो भने गुनासोप्रतिको कारवाहीको जिम्मा पनि उसैले तिन्थ्यो । जमानेले फेरि मनमनै गुनगुनायो – गाउँ-गाउँमा सिंहदरबार नआए पनि गाउँ-गाउँको गुनाना सिंहदरबार पुग्ने भो । गुनासोपेटिका पनि सिहदरवारको ढोकैमा राख्ने रे । कति सजिलो, कति सजिलो । भित्र जानै नपर्ने ।

‘यति काम त आज सकेरै जानुपर्छ ।’ जमानेले जोर हात ठड्याए पनि प्रतिक्रिया केही आएन । ‘जङ्गलमा भैंसी छाडेर आएको छ। अन्यत्र पनि दुईचारवटा काम छन् । सदरमुकाम आएका वेला सबै काम सकेर जान पाए घरिघरि घरतिरको काम छाडी यतातिर आएर अलमलिइरहन पर्दैनथ्यो।’ उसले अझै नम्रतासाथ आफ्नो कुरा राख्यो ।

अझै पनि केही प्रतिक्रिया नआएपछि उसले काठमाडौंका खानेपानीका धारा सम्झ्यो । जति घुमाए पनि, जति घोचे पनि पानी आउँदै नआउने। ऊ मुख नखोलीकन एकमन हाँस्यो। अनि रेडियो खोलेर सुशासनका कुरा सुनाइदिऊकि जस्तो लाग्यो उसलाई । गाउँ-गाउँमा पुगिसकेको खबर सदरमुकाम त पक्कै आइसकेको हुन्छ होला भनेर उसले अहिले रेडियो खोल्ने हतार गरेन । बरु, एकपटक फेरि विन्त्यायो ‘हजुर, म के गरौं त ?’

‘तपाईको काम आज बन्दैन । हाकिम सा’व बाहिर जानु भएको छ’-वल्लतल्ल सुशासन बोल्यो। ‘हाकिम सा’व कहां जानुभएको हजुर ?’ जमानेले बोलीसहित टाउको झुकायो । यसपटक भने छिट्टै जवाफ आयो ‘हाकिम सा’ब गोश्वारा जानु भएको छ ।’ जमाने अघिपछि पनि जफती मान्छे, झन् सुशासन मौलाएका बेला ऊ किन पछि हट्यो र ? फटाफट सोदै गयो- ‘त्यसो भए कहिले आऊँ त हजुर ?’ उसले पक्का गर्न खोज्यो ।

‘अब कहिले भनौं । आजको कामलाई कुनै पनि हालतमा भोलि नभन्नू भन्ने माथिदेखिकै आदेश छ। त्यसैले पर्सि आउनुस् न ।’- सुशासनले कारणसहित जवाफ दियो। ‘हवस् त’ भन्दै जमाने जतावाट जसरी आएको थियो त्यसै गरी त्यतै फर्क्याे ।

कहिलेकहीं यस्तै हुन्छ। ठीकै छ। अब, वरु अर्को कार्यालयको काम सक्नु पर्छ । उसले जे निश्चय गर्यो त्यही बाटो समात्यो । काम भएका दुईचारवटा कार्यालय नबिराईकन धायो र पटापट काम सक्यो ।

कति सजिलो- ‘हाकिम सा’ब हुनुहुत्र । गोश्वारा जानुभएको छ । पर्सि बाउनुस् न ।’ ऊ जुनजुन कार्यालयमा गयो, फटाफट यसै गरी काम भयो । न कसैले काम गर्दिन भन्यो, न ‘भोलि’ नै भन्यो । अनि त अलमलिने कुरै भएन ।

जमानेले गाउँ फर्कनु अघि जिल्लातिरै कुनै अफिसमा काम गर्ने गाउँकै एउटा केटो भेट्घो र खुसुक्क सोध्यो- ‘ए, बाबू । होइन, यी जिल्लाका हाकिमहरू कोही पनि कुर्सीमा भेटिंदा रहेनछन् । सबै गोश्वारातिर अरे। होइन, यो के खालको गोश्वारा रहेछ ? तिमीले बुझेका छौ ?’

‘ए, बाजे । यो पनि कहीं हल्ला गर्ने कुरो हो र ? खुसुक्क थाहा पाइराख्ने भए थाहा पाइराख्नोस्, त्यो गोश्वाराको नाम मेरिज गोश्वारा हो । त्यहाँ सानुमा जुटपत्तीदेखि ठूलोमा मेरिजसम्म चल्छ । खान-पान-भिडान सबै एकै ठाउँमा हुने भएकाले यसलाई उनीहरू गोश्वारा भन्छन् । यो गोप्य नाउँ हो। यो नाम बाहिरियो भने फेरि अर्को न्वारन हुन्छ। कसैले पत्तै पाउँदैनन्। नयाँ जमाना नयाँ दाउ ।’ केटाले आफ्नै मान्छे ठानेर रहस्य खोलिदियो ।

कसलाई के भन्नू । जमाने लुखुरलुखुरे घर फक्यों। घरको आँगन टेक्नेवित्तिकै छोरी कराई- ‘बाबा, छिटो आउनुस् न, काठमाडौंबाट दाइको फोन आएको छ ।’ हस्याङफस्याङ गर्दै जमानेले फोन उठायो । ‘हेलो, अँ बाबू काम बन्यो ?’ ‘छैन बाबा, आज पनि बनेन ।’ ‘अँ, आज के भएर बनेन त ? छोराको जवाफ पूरा हुन नपाउँदै जमानेले बीचैमा आफ्नो जिज्ञासा राख्यो ।

‘खोइ ! मन्त्रीज्यूकै कुन्नि के काम बनेको छैन अरे । तारनतार बैठकको बैठक भइरहन्छ भन्छन् । मन्त्रालयमा कतिखेर आउने नआउने नै ठेगान हुँदो रहेनछ । मन्त्रीज्यू नभएपछि अरू सबै कुवाका भ्यागुता जस्ता पाखा लागिहाल्दा रहेछन् ।’- उसले बाबुको चित्त बुझाउन खोज्यो ।

जमाने त्यसै जिल्लिने मान्छे होइन । उसले छोरालाई हकार्याे- ‘आजै मेरो काम हुनुपर्छ भनेर भनिनस् त ?’ ‘भनें नि भन्न त । भनेर मात्र के गर्नु । मन्त्रीज्यू नै आए पनि आज काम नहुने रहेछ । जिल्लातिर बुझ्नुपर्छ रे। पर्सि आउनू भनेका छन् । मैलै त आजै सकिदिनुस् नभए भोलि भनेको, मान्दै मानेनन् । उनीहरूलाई गाल पर्छ रे। आजको कामलाई कुनै पनि हालतमा भोलि नभन्नू भन्ने माथिको कडा आदेश छ रे । त्यसैले आजको काम भोलि गर्न मिल्दै मिल्दैन अरे ।

नीतिगत रूपमा नै त्यस्तो कुरा भएपछि म एक्लैले कसरी जोड गर्नु’- उसले आफ्नो निरीहतां प्रकट गर्दै बेलीबिस्तार लगायो ।

… लौ जा । कुरा गर्दागर्दै फोन काटियो । अनेक प्रयत्न गर्दा पनि फोन सम्पर्क हुन सकेन । जमानेलाई एकपटक जङ्गिन मन लागेको थियो । फेरि यसो सोच्यो- जमिन परे जनता जनार्दनको जमघट जुराएर मात्रै जङ्गिनु वेस होला । ऊ चुप लाग्यो । तर बाउभन्दा छोरी निकै सचेत रहिछ । र, एक्कासि नारा लगाइहाली- ‘भोलिवाद मुर्दावाद ।’ जमाने झसङ्ग झस्क्यो । भोलिवाद-‘मुर्दावाद’ कि ‘जिन्दावाद !’ उसले भवाट्टै खुट्टयाउन सकेन । सुशासनको प्रशासनिक शैली र सिंहदरबारको सूचना फेरि एक/एक सम्झन थाल्यो । अनि एकपटक आँट गरेर मुख खोल्यो, ‘भोलिवाद…’ फेरि अड्कियो। अझै पनि पछिल्लो शब्द के भन्ने, के भन्ने ? ऊ यहींनेर अलमलियो ।

साँझ परिसकेकाले यतिखेर जङ्गल छाडेकी जमानेकी भैंसी पनि घर फर्किसकेकी थिई । भैंसी उनीहरूका मुखमा हेरेर वाई-वाई कराउन थाली । जमानेले भैंसीलाई हेर्दै आँखा जुधायो । उसलाई यतिखेर यस्तो लाग्यो- ‘बोली फुटेका लाटा हो । सुशासन स्वदेशीलाई चखाउन हो र ? विदेशीलाई सुनाउन पो हल्ला गरिएको हो त । यति कुरा पनि बुझ्दैनौं । बरु हाम्रो स्याहार सुसार गर न, दूधसम्म त खान पाउँछौ ।’ भैंसी भट्टयाउँदै थिई ।

जमानेले मुन्टो हल्लायो । अहो, भैंसीले पनि नपत्याएका कुरा हामी पत्याउने । हो, बोली फुटेर मात्र के गर्नु ? हामी लाटै हौं ।

०००
गोरखापत्र’ २०६१/६/९
थाेते हाँसाे (२०५१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
अर्दलीको खोजखबर

अर्दलीको खोजखबर

पिँडालु पण्डित
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x