साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अक्षरका आँकुराहरू

अन्यायका विरुद्ध शंखनाद गरेर, कुटिल स्वार्थ सँगको संघर्षमा नडगमगाएर, समयको परीक्षामा खरो उत्रिएर, हरेक निराश मुटुमा, जगाउन जोश र उमंग।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

क्षुद्र विचाररूपी आधारभूमि,
संवेदनाहीन समय र परिवेशको
चक्रव्यूहमा बुजिएर,
सकिरहेका छैनन् पलाउन
मस्तिष्कको बगैंचामा,
आसलाग्दा अक्षरका आँकुराहरू।

अक्षरका यी आँकुराहरूलाई पलाउन
सुविचार र भावको उर्वरा माटो चाहिन्छ।
कल्पनाको माया र मुस्कान चाहिन्छ
लेखन लक्ष्यको दिशा निर्देश चाहिन्छ।
आँकुरा प्रति विश्वास र सम्मान चाहिन्छ।
तर जब पाउदैनन् मलजल
तब भएर व्यथित आँकुराहरू ओइलाउछन्।

मनका अनियन्त्रित आवेगहरूलाई
कुण्ठित मानसिकतालाई
आशाको उज्यालोले पखालेर
जबसम्म संगालिदैनन् ।
जति गर्दा पनि अनुनय विनय
जति गर्दा पनि प्रार्थना
अक्षरका आँकुराहरू पलाउदैनन्।

तर अब सत्यको मार्गमा हिँडाएर,
अन्यायका विरुद्ध शंखनाद गरेर,
कुटिल स्वार्थ सँगको संघर्षमा नडगमगाएर,
समयको परीक्षामा खरो उत्रिएर,
हरेक निराश मुटुमा, जगाउन जोश र उमंग।
उत्साहको भूमिमा बीजारोपण गर्दै,
देखाउनु छ पलाएर,
कुनै कालखण्डले पनि
ओइलाउन नसक्ने
“अक्षरका आँकुराहरू”।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x