साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जन्मदिनको शुभकामना डार्लिङ !

आफ्नो जीवन आफूलाई खास भएसम्म, चिन्ता र भयमुक्त भएर बाँच्नू । आज मेरी, एकमात्र मायालुको जन्मदिन मैले गर्न जानेको माया भन्दा अझ धेरै अमूल्य, गुणैगुणको शुभकामना ॥

Nepal Telecom ad

गायत्री परिराेशनी :

मेरी एक मात्र प्रियतम
मेरो लागि,
आकाशको जून खसाल्ने तिमी
किचनमा थोरै नुन खसाल्ने तिमी ।
मेरो मनको फूलबारीमा डुल्ने तिमी
जिन्दगीको सुवास छर्दै,
फुरफुर–फुरफुर उड्ने तिमी ।
आज तिम्रो जन्मदिन
बजारमा किन्न पाइने भन्दा बढी
सुनैसुनको शुभकामना ॥

अँ साँच्ची आजभोलि त तिमी
आफू आफैसँग सल्किएकी छौ रे
हरेक रात,
आफूले आफूलाई माया गर्न
पल्किएकी छौ रे
आफूले आफूलाई सिमाविहिन माया गर्न
जानेकी तिमी ।
आफूले आफैलाई
आदर, सत्कार र सम्मानको
झटारो हानेकी तिमी ।
आज तिम्रो जन्मदिन
अहिलेको जस्तो धूलो होइन
ठूला–ठूला ढिके,
नुनैनुनको शुभकामना ॥

आडम्बरको बोक्रा–बोक्रा
केलाएर फाल्ने तिमी,
मनमुटु र मष्तिस्कमा
विषालु खिल गाड्ने आफन्तहरुसँग
स्वइच्छाले हार्ने तिमी ।
भैँसी नपालेरै पनि
बार्‍है महिना
सकारात्मक चिन्तनको
मही पार्ने तिमी ॥

समय र परिस्थितिका
काला बादलहरुसँग समेत
मस्तले फार्ने तिमी
आज तिम्रो जन्मदिन
मेरो शरीर भरिको
खुनैखुनको शुभकामना ॥

बेकाममा दूनियाँको चियोचर्चो नगर्नू
आफू आफैसँग आहा भएर बाँच्नू ।
भोलि भेटिदैँन कहिल्यै,
आजै मस्तसँग हाँस्नू ॥

शरीर, मन र मष्तिस्क
स्वस्थ्य हुनुपर्छ माया,
यसको लागि स्टेज चाहिँदैन ।
भान्छाकोठामा मस्तले नाच्नू ॥

आफ्नो जीवन आफूलाई
खास भएसम्म,
चिन्ता र भयमुक्त भएर बाँच्नू ।
आज मेरी,
एकमात्र मायालुको जन्मदिन
मैले गर्न जानेको माया भन्दा
अझ धेरै अमूल्य,
गुणैगुणको शुभकामना ॥

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x