साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गर्ने के ?

बाआमा पढाउन सन्तति भएभरको लुटाउँछ, तैपनि हुँदा फेल, बहाना अनेक देखाउँछ सत्यतथ्य लुकाउँछ, गर्ने के ?

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

गर्ने के ?- १

प्रगति कागजमा द्रुत गति
भुँइमा छैन अलिकति ।
बिजुली घरको मालिक
खोज्छ मैनबत्ती।
गर्ने के ?

गर्ने के ?- २

त्यस विद्यालयमा किन
भए विद्यार्थी फेल?
कारण उही,
हाजिरी गरेर गुरुजी
सधै हुँदा गैल।
हाजिर भएपनि
गफ मज्जाले चुट्नुहुन्छ।
गज्जब त तब हुन्छ,
जब किन भइस फेल भनी
विद्यार्थीलाई नै कुट्नुहुन्छ।
गर्ने के ?

गर्ने के ? – ३

विद्यार्थीले भन्यो –
गुरुजी मलाई केही आउँदैन,
गुरुजीले जवाफ दिए
“मलाई पनि आउँदैन”।
सुनेर उठ्यो ठूलै रीस
मात्रै तिराउन जानेका फिस !
समस्याको मूलमा -त्यही
माथिको “सिफारिस”
गर्ने के ?

गर्ने के ? – ४

जुन स्कूलमा शिक्षक
आपसी द्वन्दमा चिच्याउँछ,
केंटिनमा विद्यार्थी
चाउचाउ चपाउँछ।
बाआमा पढाउन सन्तति
भएभरको लुटाउँछ,
तैपनि हुँदा फेल,
बहाना अनेक देखाउँछ
सत्यतथ्य लुकाउँछ,
गर्ने के ?

०००
विराटनगर 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x