साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राम्रो पाठशाला

विद्यालय यसैबाट बुझिन्छ कति अब्बल गुणस्तरीय शिक्षामा पुग्छ यसैगरे बल । यत्तिकै सुविधायुक्त पाठशाला बनाउन सकेदेखि अरू गर्नै पर्दैनथ्यो गनाउन ।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन :

देखियो पाठशालामा चर्पी रहेछ सुन्दर
चर्पीकै बासना चल्छ बाहिरैसम्म हर्हर ।१ ।

पलास्टिक डढाएर कालो छर्ने नयाँ कुरा
ढुक्कले सिक्नसक्नेछन् ठूलासाना सबै भुरा।२ ।

माटो खन्न मुसालाई सुबिस्ता छ उसैगरी
हावापानी सबै शुद्ध यसो गर्दा सधैँभरी ।३ ।

थोते पर्खालका भित्ता हाँस्छन् देखाउँदै गिजा
हल्लिन्छन् बनमाराका बुटाहरू लिँदै मजा ।४ ।

थाङ्नाथुङ्नी फिँजाएर चारैतिर सजाइयो
खुसीले काग नाचेको बिहानै देख्न पाइयो । ५ ।

छाडा कुकुरको जत्था यो दृश्य हेर्न आउने
साह्रै रमाइलो मान्दै यतै बस्न रुचाउने ।६ ।

कक्षाकोठाहरू जम्मै चिटिक्क कोरकारमा
छाडाशब्द बडोशुद्ध लेखिएको जहाँतहाँ।७।

फूलका बिरुवामाथि थोत्रा कागज थुप्रियो
छाडा कुकुरले हाल्छन् फूलमा मल देखियो ।८ ।

धुपी सजाउने नौलो तरिका देख्न पाइयो
हाँगा बोट चिथोरेर ठुटा चाहिँ बँचाइयो ।९।

विद्यालय यसैबाट बुझिन्छ कति अब्बल
गुणस्तरीय शिक्षामा पुग्छ यसैगरे बल ।१० ।

यत्तिकै सुविधायुक्त पाठशाला बनाउन
सकेदेखि अरू गर्नै पर्दैनथ्यो गनाउन ।११ ।

०००
चाँगुनारायण, भक्तपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
ईश्वर पोखरेल
ईश्वर पोखरेल
1 year ago

भव्य व्यङ्ग्य!

Nepal Telecom ad
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
1
0
Would love your thoughts, please comment.x
()
x