फित्काैली डटकमऐया ! ऐया !! खुच्चिम-खुच्चिम
सबै नअघाई हुन्न । खुच्चिम-खुच्चिम ऐया ! ऐया !! खुच्चिम-खुच्चिम म आफै ताली पड्काउँछु । खुच्चिम म आफै मान्छे भड्काउँछु । खुच्चिम ऐया ! ऐया !! खुच्चिम-खुच्चिम ।

नारदप्रसाद काफ्ले :
ऐया ! ऐया !! खुच्चिम-खुच्चिम
माथि गए। खुच्चिम
तल झरे । खुच्चिम
ऐया ! ऐया ! खुच्चिम
सत्ताले पोल्यो । खुच्चिम
भत्ताले पोल्यो। खुच्चिम
ऐया ! ऐया !! खुच्चिम-खुच्चिम
काम बिगारे है मैले। खुच्चिम
काम सपारे है कैले । खुच्चिम
ऐया ! ऐया !! खुच्चिम-खुच्चिम
मलाई लाग्छ, काम गर्न गाह्रो छ भाग नलगाइ हुन्न ।
सबै नअघाई हुन्न । खुच्चिम-खुच्चिम
ऐया ! ऐया !! खुच्चिम-खुच्चिम
म आफै ताली पड्काउँछु । खुच्चिम
म आफै मान्छे भड्काउँछु । खुच्चिम
ऐया ! ऐया !! खुच्चिम-खुच्चिम
नेपाल आमा भन्छिन् मलाई बाबु, बाबुरा अब ता सच्चिन सच्चिइ ।
किन गाह्राे भो सच्चिन तँलाई
खुच्चिम। खुच्चिम
ऐया ! ऐया !! खुच्चिम सत्तामा गए । खुच्चिम भत्तामा डुबे खुच्चिम ।
तान तान जनता जनार्धन, तान
मलाई सत्ताको भिमकाय दल दलबाट तान तान
छान, छान
यी असल मध्येबाट पनि
झन् असललाई छान
ऐया ! ऐया !! खुच्चिम। खुच्चिम
लौन म सच्चिन तयार छु ।
लौन म सच्चिन तयार छु ।।
लौन म सच्चिन तयार छु ।।।
ऐया ! ऐया !! खुच्चिम। खुच्चिम !
ऐया ! ऐया !! खुच्चिम। खुच्चिम !
०००
बर्दिवास, महाेत्तरी
‘अब हाँस्छ बर्दिवास’ गाईजात्रा महाेत्सवमा प्रस्तुत गरिएकाे कविता ।












































आहा आहा खुचिङ !
खुच्चिङ्लाई खुच्चिम लेखे खुच्चिङ!