साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छर्लङ्ङ को देख्दछ ?

बास्ना गन्ध सुँघेर खट्न नसके,यो नाकको काम के ? कस्तो स्वाद छ जान्नसम्म नसके, जिब्रो भई हुन्छ के ? लज्जा वस्त्र धरेर उग्रपनले, नाङ्गो भई हुन्छ के ? मान्छेमा सुविचार शून्य छ भने, आदर्शले गर्छ के ?

Nepal Telecom ad

कृष्णप्रसाद पौडेल `जस्ताघरे´:

टीका अङ्गुलमा फुली अधरमा, टाँसेर के अर्थ छ ?
खादा कम्मरमा मुगा पयरमा, लाएर के अर्थ छ ?
माला स्वर्ण हिरा जुहारत लुगा, खाएर को बाँच्दछ ?
मान्छे अक्कलबाट चल्न नसके, जन्मेर के अर्थ छ ?-१

धोती कट्टु सिँगान -याल शिरमा, राखेर के अर्थ छ ?
सेतो चन्दन दाँतमा नयनमा, पोतेर त्यो व्यर्थ छ ?
जुत्ता चप्पल काँधमा र पिठमा, बोकेर के अर्थ छ ?
मान्छे युक्ति कला भला सिपबिना, चम्केर के अर्थ छ ?-२

पैतालातिरमा सुहाउँछ भनी, पन्जा धरी हुन्छ के ?
आँखा चिम्म गरेर हस्ततिरमा, मोजा उनी हुन्छ के ?
स्वास्नीका गहना धरी पुरुषले, नारी बनी अर्थ के ?
मान्छेका मन भ्रष्ट दूषित भए, शृङ्गारले गर्छ के ?-३

खुट्टाले भरथेग गर्न नसके, यो देहको अर्थ के ?
राम्रा बात विचार सुन्न नसके, यी कर्णका अर्थ के ?
उम्दा दृश्य छटा नियाल्न नसके,यी नेत्रका काम के ?
मान्छे मौलिक चेतबाट नखुले, कुर्लेर पो हुन्छ के ?-४

आफ्नै पौरख गर्न रम्न नसके, यी हस्तका काम के ?
सुद्धी तर्क वितर्क रोप्न नसके, मस्तिष्कको काम के ?
खाना धेर भयो भने उदरमा, कोचेर के अर्थ छ ?
मान्छे स्वार्थ घमन्डले पर भए, सम्झेर त्यो व्यर्थ छ ?-५

बास्ना गन्ध सुँघेर खट्न नसके,यो नाकको काम के ?
कस्तो स्वाद छ जान्नसम्म नसके, जिब्रो भई हुन्छ के ?
लज्जा वस्त्र धरेर उग्रपनले, नाङ्गो भई हुन्छ के ?
मान्छेमा सुविचार शून्य छ भने, आदर्शले गर्छ के ?-६

साँच्चै तर्न विशाल सागर नदी, दौडेर को सक्दछ ?
अग्ला श्वेत हिमालका शिखरमा फड्केर को पुग्दछ ?
सोह्रै रूप छ पूर्णचन्द्र शशिक‍ो, उफ्रेर को भेट्दछ ?
मान्छेका मनभित्रका सब कुरा, छर्लङ्ङ को देख्दछ ?

०००
बट्टार,नुवाकोट । हाल: ,बालाजु,काठमाडौँ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x