साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुग्दैन केही गरी

अर्काको धन माल हेर्छ जसले, पापी उहीँ हो बुझ तड्पीरन्छ सदा सदा मनमनै, मिल्दैन उसको सुख। गर्छौ पाप तिमी लुकेर भवमा, देखेन कोही भनी ।

Nepal Telecom ad

बालकृष्ण खनाल :

देखिन्छन् मनका अभाव सजिलै, आँखा फुटे तापनि
रोकिन्नन् मनका तरङ्ग कहिल्यै, गोडा टुटे तापनि।
पूरा हुन्न कसै गरेर मनले चाहे जतीको सब
मर्ने बख्त भयो पुगेन कहिल्यै, जोडेर त्यो वैभव।।१

खाने आन्न र वस्त्र लाउनपुगे भैगो मलाई भनी
भान्ने मानव यो पुरै जगतमा भेटिन्न कोही पनि।
शय्यामा छटपट हुँदा समेत जनले जोडी रहे सम्पति
यो संसार भरी भयो अब पुग्यो, भन्नेहरू छन् कति।।२

गर्छन् पाप भुलेर धर्म सजिलै, मारेर निर्धा जन
गर्छौ पापकती कठोर हुनगै, पोल्दैन तिम्रो मन।
खान्छौ भाग तिमी कठै गरिबको, मारेर खाने मुख
पैसा मात्र टिपेर यो जगतमा, भेटिन्न तिम्रो सुख।। ३

घाँटी छाम र गाँस हाल मुखमा, सन्तोस मानीकन
मीठो लाग्छ अती खुसी मन भए, सागपात खाएपन।
मीठो हैन रहेछ भोजन हुने, मीठो हुने भोक हो
लोभी बन्न हुँदैन रैछ जन हो, त्यो लोभ नै रोग हो।।४

अर्काको धन माल हेर्छ जसले, पापी उहीँ हो बुझ
तड्पीरन्छ सदा सदा मनमनै, मिल्दैन उसको सुख।
गर्छौ पाप तिमी लुकेर भवमा, देखेन कोही भनी
केहो आत्म र त्यो परात्म नबुझी, पर्छौ नरकमा अनि।।५

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
के के नयाँले गरे

के के नयाँले गरे

बालकृष्ण खनाल
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x