साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खै ! के कुरा गर्छन् अझै‚ बस्तीका सोझा मानिसहरु ?

मानिसहरु फ्याउरोदेखि होशियार रहनु पर्ने हुन्छ धूर्त ब्वाँसा र हुँडारहरुबाट बच्न पहिला फ्याउराहरुबाट बच्नु पर्ने हुन्छ खै! के कुरा गर्छन् अझै‚ बस्तीका सोझा मानिसहरु ?

Nepal Telecom ad

राजेन्द्रप्रसाद अधिकारी :

जब बौरिन्छन् ठूला कालगतिबाट धूर्त ब्वाँसा र हुँडारहरु
भोकाएका हुन्छन् र शिकारकै सपना देखिरहेका हुन्छन्
त्यसैले रगत कटकटिएका पञ्जाहरुले
निम्छराहरुलाई झम्टन्छन्‚ चिथोर्छन्‚ कोपर्छन्
अनि भ्याएसम्म खूनी दाह्राहरु धस्छन्
र फेरि मक्किएका दाँतहरुले चपाउने कोसिस गर्छन्
निम्छराका हाड‚ छाला र मासुहरु।

पशु स्वभावभित्र विवेक ?
पशु स्वभावभित्र चेतना ?
पशु स्वभावभित्र पश्चाताप‚ ग्लानी र क्षमायाचना ?
उफ्… ब्वाँसा र हुँडारहरुमा दया‚ माया र करुणा ?
के कुरा गर्छन् अझै‚ बस्तीका सोझा मानिसहरु ?

अर्कोतिर ब्वाँसो र हुँडारका खुट्टामा
लतपतिएका आलो रगत चाट्दै
तिनीहरुले खाएर छोडेका जुठा पुरा मासुहरु खाँदै
हुर्किएका फ्याउराहरु‚ मानिसका लागि
भरपर्दो कसरी हुन सक्छ र ?
के कुरा गर्छन् अझै‚ बस्तीका सोझा मानिसहरु ?

ब्वाँसो र हुँडारभन्दा पहिला तीनै फ्याउराहरु
मानिसका बच्चाहरुमाथि जाई लाग्नेह गर्छन्
अनि ब्वाँसो र हुँडारको रक्षार्थ
तिनै निर्लज्ज फ्याउराहरु
बढि आक्रमक हुने गर्छन्
र तीनै फ्याउराहरु
खुशीले नाचे पनि‚ तर्सिएर भागे पनि
मानिस माथि नै जाइ लाग्नेन गर्छन्‚ त्यसैले
जब बौरिन्छन् ठूला कालगतिबाट धूर्त ब्वाँसा र हुँडारहरु
मानिसहरु फ्याउरोदेखि होशियार रहनु पर्ने हुन्छ
धूर्त ब्वाँसा र हुँडारहरुबाट बच्न
पहिला फ्याउराहरुबाट बच्नु पर्ने हुन्छ
खै! के कुरा गर्छन् अझै‚ बस्तीका सोझा मानिसहरु ?

०००
३ असोज २०८२‚
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देउता‚ अनि तिमी चाहिँ किन चुप ?

देउता‚ अनि तिमी चाहिँ...

राजेन्द्रप्रसाद अधिकारी
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
तपाईंलाई चिन्ने कसरी हो ?

तपाईंलाई चिन्ने कसरी हो...

राजेन्द्रप्रसाद अधिकारी
हैन के छ त्यस्तो हाम्रो देशमा…

हैन के छ त्यस्तो...

राजेन्द्रप्रसाद अधिकारी
टोलको यौटा मासुपसल

टोलको यौटा मासुपसल

राजेन्द्रप्रसाद अधिकारी
गलेको काँध र मक्किएको झोला

गलेको काँध र मक्किएको...

राजेन्द्रप्रसाद अधिकारी
हबिगत

हबिगत

ईश्वर पाेखरेल
दुष्ट गाथा

दुष्ट गाथा

श्यामल अधिकारी
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
स्वागत तालिले गरौँ

स्वागत तालिले गरौँ

रामप्रसाद अर्याल ‘अविराम’
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x