लक्ष्मण नेवटियाहार मान्दैन कहिल्यै तिहार
हार मान्दै मान्दैन, कहिल्यै तिहार, यही छ यसको सन्देशको सार, यही भावनाका साथ, यहाँ सबैमा शुभकामना छ तिहारको बारम्बार।
लक्ष्मण नेवटिया :
जति नै घाइते भएको होस् विश्वास,
जति बसेको होस् आसहरूमा त्रास,
फेरि बाल्न मुटुमा साहसको दियो,
आएको छ उज्यालो लिएर उल्लास ।
नमीठा सम्झनाका घाउ होलान्,
अन्तर मनमा होलान् अनेक पीर,
झिलिमिली तिहारको एउटै सन्देश,
कहिल्यै नझुकाउनु आफ्नो शिर।
प्रत्येक दियोको उज्यालोले,
अन्धकारलाई दिन्छ चुनौती,
सयपत्रीको सुगन्धले भर्छ,
जनजीवनमा नयाँ स्फूर्ति।
तिहार मात्र एक पर्व होइन,
निराश मुटुमा जगाउछ आशा,
हारेर पनि उठ्ने साहसको,
अतिसुन्दर, मीठो परिभाषा।
यसले सिकाउँछ,अँध्यारोपछि
उज्यालो अवश्य आउँछ,
मनको दियो निभ्न नदिए,
भाग्यले पनि साथ निभाउँछ।
हार मान्दै मान्दैन, कहिल्यै तिहार,
यही छ यसको सन्देशको सार,
यही भावनाका साथ, यहाँ सबैमा
शुभकामना छ तिहारको बारम्बार।
०००
विराटनगर
Subscribe
Login
0 Comments
Oldest






































