साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महाकवि देवकोटाप्रति

भय, त्रासका अतिरञ्जना छ यहाँ निर्भयको ध्वजा गाड्न चाहन्छु, घृणा र कुण्ठाका हकदारलाई मायाका सकुन बाँड्न चाहन्छु ।

Nepal Telecom ad

कुमार खड्का :

तिमी शून्यमा शून्यसरि बिलाएँ भन्छौ
म अंकमा शून्य मिलाउन चाहन्छु,
निराशा भित्रको भुमरीमा हैन
आशाको भरोसा दिलाउन चाहन्छु ।१

शोकका भावना विर्सिएर हमेशा
हर्षका हस्तरेखा कोर्न चाहन्छु,
भासिएका पाइला मुनिको
काँधे टेको बनि व्यहोर्न चाहन्छु ।२

भय, त्रासका अतिरञ्जना छ यहाँ
निर्भयको ध्वजा गाड्न चाहन्छु,
घृणा र कुण्ठाका हकदारलाई
मायाका सकुन बाँड्न चाहन्छु ।३

आशाको अथक दियो बाल्दै
खुला आकाशको विचरण चाहन्छु,
सकार भावका घैला भर्ने
कर्म प्रभावी सङ्कल्प चाहन्छु ।४

आउ ! मिलाउ हाम्रा हातहरु सबै
पाइलाहरु बढाउ साथ साथ सबै,
सूर्योदयको लाली किरण सँगै
निम्ट्यान्न पारौं घात, प्रतिघात सबै ।५

०००
आलापोट, काठमाण्डौं ।
२०८२/०७/०२

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
गौतम भण्डारी
गौतम भण्डारी
7 months ago

अती सुन्दर कविता उहाँकोकविताहरु लेखन शैली ,शब्द मिठास यथार्थ परक हुन्छ ।उहाँको साहित्य क्षेत्र को उचाई यसैगरी बढदै जाओस ।

Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तकहरु…

चार ठोक्तकहरु…

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
1
0
Would love your thoughts, please comment.x
()
x