साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जरा

दोस्रो बोट बिस्तार‌ै हाँस्यो- “देवी बत्ती-भजनले होइन, धरती बचाउने कर्मले प्रसन्न हुन्छिन् ।”

Nepal Telecom ad

नन्दलाल आचार्य :

“तिमीहरू यस्तो थकित किन देखियौ ?” ढोकैछेउमा उभिएका दुई साना केराका बोटहरू आज दु:खी देखेर अचम्मै मान्दै मैले सोधेँ ।

हिजोसम्म हावासँगै हाँस्ने, पात फड्काउँदै प्रकाशसँग भलाकुसारी गर्ने ती बोटहरू आज उदास थिए- पात झुकेका, जरा रोएजस्तो लाग्थ्यो ।

एक बोट कष्टसाथ बोल्यो- “हामीलाई सजावट बनाइयो, लक्ष्मी बोलाउन रे ! तर हेर न, हाम्रा खुट्टा गिडिएका छन् ।
माटोबाट उखेलेर सिमेन्टमाथि बाँधिएका छौँ, जरा छट्पटाइरहेका छन्, वरपर माटो कतै भेटिँदैन ।”

म छेउमै उभिएँ- निशब्द, अपराधीझैँ ।

दोस्रो बोटले पीडा पोख्यो- “मानिस अचम्म गर्छ, भाग्य खोज्दै दौडिन्छ, तर भाग्य दिने धरतीलाई नै कङ्क्रिट बनाउँछ ।”

मैले चुपचाप पानी खन्याएँ, पातहरू सुम्सुम्याएँ । पहिलो बोटको स्वर थोरै नरम भयो- “हामीलाई धेरै चाहिँदैन,
थोरै माया, थोरै माटो, थोरै श्वास लिने फाल्ने वातावरण मात्रै भए पुग्छ ।”

दोस्रो बोट बिस्तार‌ै हाँस्यो- “देवी बत्ती-भजनले होइन, धरती बचाउने कर्मले प्रसन्न हुन्छिन् ।”

०००
२०८२ कार्तिक ३ गते ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x