साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लक्ष्मीप्रसाद देवकोटाप्रति

भाषाका दिव्य तारा अभिनव गतिला पुत्र हुन् शारदाका पढ्छन् जो काव्य सारा पठित जन खुबै स्वादमा छन् रमेका थुप्रैछन् ख्यात मिल्ने भुवनभर सधैँ उच्च छौ मान्यतामा बिर्सन्नन् आज कोही मुलुकभर सदा बाँच्दछौ भव्यतामा ।

Nepal Telecom ad

माेक्ष खतिवडा :

लक्ष्मी हुन् दिव्य आभा चहक अति बने काव्य धारा बगाए
औधी खेपे नराम्रा कहर तर सदा सिर्जनामा रमाए
लेखे नौला अनेकौँ विविध रसमयी काव्य माधुर्य खास
दुःखीका मर्म खोल्दै सृजन खुब गरे शुन्य त्यो अर्थ आस (१)

जन्मेका देवकोटा असल गुणमयी राष्ट्रका एक पुत्र
दौडाए लेखनी त्यो सललल जहिले भेल जस्तै विचित्र
बन्दैछन् आज मान्छे चकित खुब यहाँ काव्य राम्रा पढेर
झार्दै छन् आँसु धेरै अधिक जन सदा शब्दले पग्लिएर (२)

भाषाका दिव्य तारा अभिनव गतिला पुत्र हुन् शारदाका
पढ्छन् जो काव्य सारा पठित जन खुबै स्वादमा छन् रमेका
थुप्रैछन् ख्यात मिल्ने भुवनभर सधैँ उच्च छौ मान्यतामा
बिर्सन्नन् आज कोही मुलुकभर सदा बाँच्दछौ भव्यतामा (३ं)

लक्ष्मीको लेखनीले अधिकतर यहाँ नेत्र खोल्छन् सबैका
स्रष्टा मात्रै रहेनन् सुकवि अजबका विश्वमा मानिएका
नेपाली व्योममा नै युगयुग रहँदै दिव्य शिक्षा दिलाई
धर्ती आकाश आफ्नो सरह अझ बनोस् प्रेमले झल्मलाई (४)

दौडन्छौँ आज हामी पथिक सब हुँदै ज्ञान तिम्रै मिलेर
भाषा प्यारो बनाई बुध जन सबले छन्द माला उनेर
गाथा तिम्रा सुनौला दिलबिच अति नै गड्दछन् आज धेर
गर्दैछौं सम्झना जो अधिक जन सदा अर्पिदैँ शब्दहार (५)

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x