साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हुन् शारदे साथमा

लेख्थ्याै छन्द कुँदेर दिव्य रचना शास्त्रीय सीमा गुनी। बग्थ्याै भाव छचल्किँदा कति अझै स्वच्छन्दबादी बनी।। छैनन् हर्ष अझै मुनामदनमा आफ्नो हुँदा बाध्यता । पर्ने हुन्छ वियोग बन्नुसँगकाे,छाडेर सान्निध्यता।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

लक्ष्मी दीपित काव्य वाङ्मय तिमी साहित्यका साधक।
फैलायाै अति देशभक्ति गरिमा पस्केर काव्यात्मक ।
राणा शासन अन्त्यका विषयमा आवाज चर्का थिए ।
तीखा शस्त्र बने बुलन्द कविता ती छन्दमा लेखिए ।।१।।

दाैडेकाे, मन अल्झिएन कहिल्यै त्याे स्वार्थका खातिर ।
मैलो हाे जति, हातकाे धन सबै ठान्याै सदा आखिर।।
लाग्यौ नित्य डटेर लेख्य लयमा तृष्णा घुसेकाे हुँदा ।
थर्कायाै कति काव्यका धुनुषले सत्ता सदासर्वदा ।।२।।

तिम्रा साथ अगाडि जेजति थिए यात्री भएका जन
छाडेनन् भ्रम छर्न नित्य जगमा फैलाउँदै मैपन ।।
लाए पागल लान्छना अगतिला हानेर तिखा शर ।
मान्याै ती अझ प्रेरणा सहजले यात्रा छिचाेल्याै तर ।।३।।

लेख्थ्याै छन्द कुँदेर दिव्य रचना शास्त्रीय सीमा गुनी।
बग्थ्याै भाव छचल्किँदा कति अझै स्वच्छन्दबादी बनी।।
छैनन् हर्ष अझै मुनामदनमा आफ्नो हुँदा बाध्यता ।
पर्ने हुन्छ वियोग बन्नुसँगकाे,छाडेर सान्निध्यता।।४।।

मागेको चिज राष्ट्रले सब दियौ शब्दार्थ छन् कञ्चन।
पा-याै सार्थक जिन्दगी मुलुकमा हाँस्ने सदाका दिन ।।
छाेटाे आयु हुँदा गयाै सकलमा छडेर माया सब ।
यस्ता मान्य कवि यसै भुवनमन हाेला र काेही अब ?।।५।।

जाेड्याै शब्द मिठास लाेकहितका आस्था जगाईकन।
यस्तो नै प्रतिभा मिलाेस् अझ ममा भन्दैछ मेराे मन ।।
तिम्रो जन्मपला, सुपावन बनी झुल्नेछ आलाेकमा ।
आशीर्वाद मिलाेस् कलाकलममा हुन् शारदे साथमा।।६।।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
परान गो

परान गो

भोलानाथ सुबेदी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x