साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डर लाग्छ !

अर्थअलङ्कार रसव्यङ्ग्य सबै विदेशी तरन्नुम तानेर लेघ्राहरू अहङ्कारका अग्ला आसन उक्लेर भेडाबथान जम्मा भएको म र मेरा मित्रहरूका कानमा गुञ्जिने कर्कश ध्वनि सुनेर !!

Nepal Telecom ad

कलानिधि दाहाल :

छ्याङ्ग उघ्रेको आकाशमा
कालो बादल जन्मिदै गरेको देखेर
अङ्गारका ओठ खोली
सेता दाँत लहरलहर
पहरोझैँ आएको मान्छे देखेर
सागरको जलतरङ्ग
ठिकै छ
छेउमा नै जम्का मार्दै झरी
फन्फनी घुम्दै प्वाल परेर
आतसबाज उठ्न
पाइला सर्दै गरेको भुँमरी देखेर
भएको छँदै छ
स्वाभाविक हो
नभएको होस्‌भन्दा
तीन फन्का रीस
कान राता भएको रिसाहा देखेर
प्रशंसामा मक्ख पर्दै
अलिकति आलोचना
निन्दा
ठेट शब्दोदयमा
दम्भको फुङ्कार
पोराबाट फुत्केर
क्षेप्यास्त्रको धुवाँझैँ
अक्षरमा होस्
जिब्रोमा
हतासा पोखिन उद्यत
वा मेरा मित्रमित्राणी
साहित्यिक रथी
महारथीहरूका भेला
बच्चाका आर्टिफिसियल
इन्टेलिजेन्सझैँ
बुरुक्क उफ्रिएको देखेर
मान्छे हुनुको अर्थमा
अलिकति कालोपन छ
अलिकति सेतोपन छ
अलिकति स्वाभाविकता छ
अलिकति अस्वाभाविकता छ
अलकति किनारा छन्
अझ बढी भुमरीहरू छन्
जम्मै एकीभूत गरेर
अनन्तका पानामा
समाधिका छानामा
सङ्कल्पका सिरानामा
सागरको गति
जसमा लहरलहर छन् संयम
गति छन् संयम
गन्तव्य छन् संयम
न कतै
चिच्याउनु पर्छ चर्को स्वरले
जम्मा भएर भेडाको बथानझैँ
पद्यलहरका पङ्क्तिहरू
कथावाचन गरेझैँ
मुक्तलहरका फाँकीहरू
महाकाव्यको ढोल पिटेर
चतुस्पदी फिका मुक्तकहरू
विदेशीका पटुकी कसेर
मात्र लिपि नेपाली
भेषभूषा
अर्थअलङ्कार
रसव्यङ्ग्य
सबै विदेशी तरन्नुम तानेर
लेघ्राहरू
अहङ्कारका अग्ला
आसन उक्लेर
भेडाबथान जम्मा भएको म
र मेरा मित्रहरूका
कानमा गुञ्जिने
कर्कश ध्वनि सुनेर !!

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तानाशाहहरू !!

तानाशाहहरू !!

कलानिधि दाहाल
बुढा गिध्दहरू ?

बुढा गिध्दहरू ?

कलानिधि दाहाल
दशैँ दशा गरिबको !!

दशैँ दशा गरिबको !!

कलानिधि दाहाल
सदाचार नै श्रेयष्कर !

सदाचार नै श्रेयष्कर !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
यता र उता

यता र उता

खोलाघरे साहिँलोे
बलात्कृत

बलात्कृत

फित्काैली डटकम
बक्ताे कुतर्क खालि

बक्ताे कुतर्क खालि

पुरूषाेत्तम सिग्देल
भन्दैन कोही पनि

भन्दैन कोही पनि

के.पी. पाैडेल
0
Would love your thoughts, please comment.x
()
x