साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढा गिध्दहरू ?

मर्न लागेका बुढा स्यालहरू खोरमा थुनेर जति बेला पनि जता पनि टोक्न सक्ने बिच्छीसँग खेलिरहेको यो अवस्था ? अझ खतरनाक गोमन र ब्वाँसासँग मस्किरहेको यो अवस्था ??

Nepal Telecom ad

कलानिधि दाहाल :

अग्ला शिखर शिखरमा
घनाच्छादित जङ्गलका पनि
ठुला रुखहरूमा
कतै
प्रजातन्त्रका नामले
कतै
साम्यवादभित्रका
असङ्ख्य चिराहरू
माओवादीका नाममा
लेनिनख्रुश्चेभका नाममा
विचार बोकेर
छिचिमिराझैँ ससाना हुल
समाजवादी साम्यवाद
जनवादी साम्यवाद
के के हो
के के ?
सायद
पशुभाषा बुझ्नेलाई
सोध्न लगाए पनि
सोधे पनि
उनीहरू आफैँ भन्न नसक्लान्
रगत पिएर मोटाएका
जुकाझैँ
किर्नाझैँ
ढाँडमा फलेर
भर्खर पाकेका ढाँडेझैँ
वा उकुज पल्टेर पाकेका
पहेँला पीपका घाउझैँ
एकजमात बुढा गिध्दहरू
बपौतीमा प्राप्त
दाइजोमा प्राप्त
पुर्ख्यौली सम्पतिझैँ
नङ्ग्राले चेपेर
रुखका बोक्राहरू
पहाडका पत्थरहरू
बोले पनि तानाशाहझैँ
हिँडे पनि वादशाहझैँ
बसेबोले पनि
दन्त्यकथाका
राजकुमारकुमारीझैँ
सानको सीमा नाघेको देखेर
बच्चा बाघहरू
बच्चा चितुवाहरू
बच्चा मृगघोरलहरू उफ्रेर
एकाएक
पखेटा पक्रेका हुन्
चुच्चा चिमोटेका हुन्
तिनका अनुहार लुकेपछि
त्रस्त बच्चाहरू
फेरि आफैले थुकेको
थुक चाट्न उत्सुक
आफ्नै निर्णयविरुध्द
तिनै अझ बुढा गिध्दहरू
गिध्दिनीहरूलाई
शिखरको साँचो सुम्पेर
घना जङ्गलको ढोका खोलिदिएर
विजयोत्सव मनाइरहेछन्
भ्रमको खेतीमा
बाला झुलेको रज्जुभ्रम हाँसिरहेछन्
के थाहा
बिचरा यी नानीहरूलाई ?
मर्न लागेका बुढा स्यालहरू
खोरमा थुनेर
जति बेला पनि
जता पनि टोक्न सक्ने
बिच्छीसँग खेलिरहेको
यो अवस्था ?
अझ खतरनाक गोमन
र ब्वाँसासँग
मस्किरहेको यो अवस्था ??

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x