बी.डी. त्यागीएक चोक्टा (उपन्यास अंश– ९)
विभिन्न तर्कनामा लागेकी दिपुको मुखबाट धमाधम नचाहिंदा शब्दहरू निक्ली रहेका थिए । जहाँ पायो त्यहिँ बस्दा उठ्दा पेन्ट छिया–छिया भैसकेको थियो । टाइटकुर्ता झुत्रो मात्र बनी सकेको थियो ।

बी.डी. त्यागी :
समसामयिक नेपाली हास्यव्यङ्ग्यमा कमै चर्चामा रहेका हास्यव्यङ्ग्यकार व्यक्तित्व हुन् बलदेव आचार्य । उनी बी.डी. त्यागीको नामबाट हास्यव्यङ्ग्य लेखनमा सक्रिय थिए । मोहनकुमारी/शुकदेव आचार्यका सुपुत्रका रूपमा वि.सं. १९९६ साल वैशाख १२ गते गहनापोखरी टंगाल, काठमाडौँमा जन्मिएका त्यागीले स्नातक तहसम्मको औपचारिक शिक्षा आर्जन गरेका थिए । वि.सं. २०६० वैशाख १९ गते कीर्तिशेष भएका त्यागीका अन्यान्य फुटकर हास्यव्यङ्ग्य रचनाका साथै ‘उत्पात’ (२०५८) र ‘एक चोक्टा’ (२०७६) दुईवटा हास्यव्यङ्ग्य उपन्यास कृति प्रकाशित छन् । नेपाली हास्यव्यङ्ग्यमा अत्यन्त कम लेखिएको विधा विशेष हो उपन्यास । औँलामा गन्न पनि नपुग्ने हास्यव्यङ्ग्य उपन्यास कृतिमध्ये त्यागीको ‘एकचोक्टा’ उपन्यास कृतिको अक्षराङ्कन प्रति स्रष्टा निबन्ध आचार्यको सौजन्यमा फित्कौलीलाई प्राप्त भएको छ । ‘चार थुम्का’ उपन्यास सङ्ग्रहमा सङ्कलित त्यागीको ‘एक चोक्टा’ हास्यव्यङ्ग्य उपन्यास श्रृङ्खलावद्ध रूपमा क्रमशः प्रविष्ट गरिरहेका छौँ । – सम्पादक
९
झमक्क साँझ परिसकेपछि कप्तान साहेब बाहिरै देखि फत्फताउँदैं भित्र पसे । उनको मुख रीसले लाल–लाल भएको थियो । कसैलाई नहेरी भर्याङ ट्वाक्–ट्वाक् उक्लेर ढोका खोली भित्र पसे । जुत्ता फुकाली खाटमुनि फ्याँकेर तानामाना जता पायो त्यतै हुत्याई खाटमुनि राखिएको विछ्यौनामा टुसुक्क बसी फुर्तिसाथ कराए–
“ए ! त्यहाँ को छौ हँ ?”
कोहि बोलेनन् । दिपुले आवाज सुनेकी थिई । त्यसैले सोधी–
“कसलाई बोलाउनु भएको ?”
“तँलाई ।”
“किन बुबा ?”
“तेरो फेशन हेर्न ।”
“पर्खनोस् ! लुगा लगाएर आउँछु ।”
“जमेर आइज है ।”
“हस् !”
आधा घण्टापछि दिपु जमेर आई । उसका उप्सेका छाती हिमालका चुचुरा झैं देखिन्थे । अगाडि काटेको कपालले खच्चरलाई माथ गर्थ्यो । माथिल्लो परेलामा लगाइएको गाजलले कामीको आँखालाई बिर्साइदिन्थ्यो । तालुमा बाँधिएको रिबनले सुत्केरीलाई संझाई दिन्थ्यो । हिप कस्सिएर फुट्न आँटेको बेलबटम पेन्ट टिनिक्क कस्सिएको टाइट कुर्ताले युरोपबाट भर्खर उत्रेकी हिप्पीलाई बिर्साई दिन्थ्यो । यस्ती अनमोलकी परी मसक्क मस्किएर आफ्नो अगाडि ठिङ्ग उभ्एिकी देख्दा उनले युरोपकै अनुभव गरे । दिल सन्केर आयो । एक्कासी उनी उफ्रे । अचानक हात चुचुरामा ठक्कर खान पुग्यो । मुख रातो रातो गालामा झोस्सिन पुग्यो । आँखा टाइट पाइन्टले कस्सिएको हिपमा बज्रन पुग्यो । उनले दिपुलाई आफ्नो प्रियतमालाई समाए झैं समाए । जवानीले मात्तिएकी ऊ दङ्ग परी । मानौ उसले आफ्नो विछोड पतिलाई अचानक भेटेकी छे ।
दुबै बाबु–छोरीको अंकमाल प्रेमी र प्रेमिकाको धेरै दिनदेखिको सहवास झैं प्रतीत हुन्थ्यो । करीब पाँच मिनेटपछि दिपुको बेलवटम् पेन्टबाट पसिनाको बुँद निस्क्यो । उसले एक फेरा सन्केर कराई–
“बुबा, अरु पनि !”
दिपुको अस्पष्ट शब्द कानमा पुगेपछि कप्तान साहेब झसङ्ग झस्के । फेसनले मानिसलाई कसरी आकर्षण तुल्याउँदो रहेछ भन्ने कुरा राम्ररी अनुभब गरे । छोरीलाई रण्डीको उपनाम दिन नचाहने उनले फेशनको चमत्कारीताले गर्दा आफ्नै छोरीसँग टाँस्सिन पुगे । तब पूर्ण बिश्वास भयो– रण्डी बन्न गाह्रो छैन । फेशन गरे पुग्छ । छोरीको फेशनले आफूसमेत अन्धो बनेको अनुभव गरी एक्कासी कराए–
“दिपे, यो फेशनदार कपडा तुरुन्त फुकाल ।”
जवानीको जोस हराई सकेकी दिपुले मलिन स्वरमा जवाफ दिई–
“कपडा त फुकाली दिन्छु । तपाईंको अन्धो जोसको रश कसरी फुकालौं ?”
छोरीको उत्तरले उनी झसङ्ग झस्के । मनमा विभिन्न कुरा खेल्न थाल्यो । आँसु बर्बराउँदै कप्तान फत्फताउन थाले–
‘के मैले कलङ्ग गरेँ ? के मैले आफ्नी छोरीलाई स्वास्नी बनाएँ ? के म रण्डो ? छोरी रण्डी ? यो हुनै सक्दैन । यदि म लोग्ने बनी सकेको भए म पातकी हुँ । मेरो मुख अरुले देखे भने पनि अरुलाई पाप लाग्छ । होइन, मैले नकाम गरेको छैन । मैले छोरी उपर अत्याचार गरेको छैन । म पवित्र छु । गंगाजी जस्तै । होइन, म पातकी नै हुँ । मैले छोरीलाई बलजफती गरेँ । म कुपुत हुँ । यो संसारमा मलाई कुनै स्थान छैन । गजब गरेँ । म बहादुर हुँ । अरुले अन्जान केटीलाई स्वास्नी बनाउँछन् मैले आफ्नै छोरीलाई स्वास्नी बनाएँ । म भन्दा ठुलो वीर को होला ? छोरी, मैले पनि तिमीलाई स्वास्नी बनाएँ हगि ? माफ गर है ? तिम्रो पाउ पर्छु । म ज्यूँदो मुख देखाएर बस्न चाहन्न दिपु, मलाई त्यहि बन्दुकले हानी मारी देऊ । म छिट्टै नर्कको पाउना बन्न चाहन्छु ।
“बुबा, बहुला नबन्नोस् । दोषी हामी दुबै छैनौ । चौध वर्षसम्म विवाह गरिदिनै मिलेन, पन्ध्र वर्ष लागेदेखिनै केटो खोज्दै हुनुहुन्थ्यो । भने जस्तो पाउनु भएन । आज सोह्र वर्षको जवान मलाई जमेर आउने आदेश दिनु भयो । सोचेँ, कुनै केटो आयो होला, त्यसैले देख्दा साथ मुग्ध परोस् भनेर उद्देश्य लिई आएँ । जवानी अन्धो हुँदो रहेछ । वास्ना आउने फुल हुँदो रहेछ । जस्ले गर्दा तपाईंले समेत नटिपी सक्नु भएन । म फूल तपाईंको हात पर्दा साथ लालाक्–लुलुक परिहालेँ । तपाईंले टपक्क टिपेर बास्ना लिई हाल्नु भो । फूलको बोटलाई अँगालो हालेर लिप्सिक्क टाँस्सिन पुग्नु भो । फुली सकेको फूल जस्तो मेरो जवानी छचल्की रहेको थियो । तपाईंको तातो स्पर्शले मुग्ध हुन पुगिहालेँ । रश सब झरे । अव भन्नोस् त को दोषी ?”
दिपु, साँचो भनिस् । दोषी तँ होइनस् न त म नै हुँ । मैले एक्कासी समात्न पुगेँ । तँलाई समातेको छैन मैले । समातेको छु फेशनलाई । खेल्न पुगेँ शरीरसँग । तर शरीरसँग खेलेको छैन मैले, खेलेको छु तेँरो जवानीसँग ।
“दोषी को ?”
“फेशन, नियम, समाज, कुप्रथा अनि जोस ।”
“म कस्की ?”
“प्रकृतिकी ।”
“हुने बच्चा कसको ?”
“बौलाहा समाजको, छचल्किएको जवानीको, आकर्षण जवानीको, आकर्षण गर्ने फेशनको, अन्धो प्रेमको अनि निषेध गर्ने नियमको ।”
“भ्रुणहत्या गरे के होला ?”
“धर्म ।”
“बुबा, म गोली पिउँछु, नसच्छेदन गर्छु । लुप लगाई दिन्छु । जे गर्नु परोस् तपाईंलाई बाहिरिया कलङ्कबाट बचाई दिन्छु । निर्धक्क भै बस्नोस् ।
“स्याबास् ! तँ जत्तिकी पुण्यात्मा, नियमको पालना गर्ने छोरी यस संसारमा कहिं पनि छैन । यस्तो छोरीलाई जन्म दिने म जस्तो बाबु पनि यस संसारमा कहिं छैन । तँ छोरी होइनस् दिपु, बाबुको पतिब्रता स्वास्नी ।”
“म स्वास्नी होइन बुबा पतीता, मलाई रण्डी शीर्षक तक्माको आवश्यक्ता छ । बरु रण्डी भनी पुकार्ने गर्नोस् ।”
“तँलाई तक्माको खाँचो छ ?”
“अवश्य ।”
“ला, ली….. रण्डी, बेश्या, पुङ्कुली, पातर्नी, फुँडी । अरु के चाहिन्छ भन् ।”
आजको फेशनले आम नारीलाई यस्तै तक्माले विभुषित गर्ने मौका पाएको छ । समाजले यस्तैलाई रुचाउँदै आएको छ । धर्मले यसैलाई प्रथम स्थान दिएको छ । नियमले यसै दिशामा सारा नारीलाई डोर्याएको छ ।
म अन्धोले पनि सबैको नियम पालना गरेँ । तँ जस्ती छोरीलाई स्वास्नी बनाई दिएँ । भोलि तँ स्वास्नी हुन्नस् । रण्डी बन्न पुग्छेस् । दिन प्रतिदिन तेरो नाम बदलिँदै जान्छ । पछि सातलोकले पुकारी दिनेछन् । त्यो बुढी पनि यसरीनै रण्डी बनेकी थिई । त्यो मेरी आमा हो, गुरु हो अनि समाजकी ऐना । ऊ भन्दै थिई–
“मलाई समाजले रण्डी तुल्यायो । तिमीहरू सबै रण्डीका छोरा ।”
बुढीले सुनाएकी पुराण बिल्कुल ठीक हो । उसले यस्तो पर्छ भन्ने कुरा पहिलेनै बताई सकेकी थिई । ऊ भविष्यवक्ता हो । आज त्यसलाई दर्शन गर्ने मौका पाएको भए घण्टौ घण्टासम्म पाउमा तेर्सी रहने थिएँ । यस्तै अरु पुराण सुन्ने थिएँ ।
“पागल बन्दै कसको कुरा गर्दै हुनुहुन्छ ?”
“अरु कसको गर्थें ? उही समाज सेबिकाको । जसले यो फेशनको गुणगान पहिलेनै गाईदिई सकेकी थिई । मलाई रण्डीको छोरा भन्ने पद्वी पहिलेनै सुम्पी दिइसकेकी थिई, उसैको ।
बाबुको मुखबाट ‘रण्डी’ शब्द बाहिर निस्केकोले दिपुको बाक्य फुटेन । रण्डी आफै बनीसकेकी महसुस गरी । आफूलाई रण्डी बनाउने बाबुप्रति इर्स्या, रीस उत्पन्न भयो । आफू कुखुरे बैंसमा फँस्न पुगेकीले बैंसलाई धिक्कारी । नचाहिंदो फेशनको श्रृजना गर्ने समाजलाई एक पल्ट थुक्क थुकि दिई । अनि आफ्नो बाबुलाई । पछि ल्याफल्याफती भिजेको बेलबटम् पेन्ट, टाटो लागेको टाइट् कुर्ता अनि मसक्क मस्किएको आफ्नो पापी शरीरलाई बेस्करी हेरेर एक फेरा आफैलाई थुकी । उसको अन्याय, अत्याचारी मुखबाट धमाधम कुरा निस्कन थाले–
“म रण्डी हुँ, मैले जे गरे पनि यो समाज हाँस्छ । नियमको मर्यादा रहन्छ । युगको शान बढ्छ । अनगिन्ती गुण्डाहरूलाई यो पापी शरीर बाँडी दिन सकेँ भने यो शरीरले ठुुलो स्थान ओगट्छ ।
म कुमारी थिएँ । रण्डी बन्न बेर लागेन । त्यस्तै रण्डी बहुलाई बन्न बेर लाग्दैन । आज म रण्डी मात्रै बनेकी छैन । यहि फेशनलाई अँगाल्दा अँगाल्दा बहुलाई पनि बनिसकेकी छु । मेरा सूरका एउटै कुरा छैनन् । म जे बोल्छु त्यो उल्टो हुन्छ । म खास बहुलाई भएँ । पहिरनले मेरो सतीत्व लुट्यो । रण्डी भन्ने उपनाम दियो । मेरो फेशनको अगाडि बाबुले समेत दिल थाम्न सकेनन् । अब गुण्डा कसलाई भन्ने ? आफ्नो बाबुलाई कि ? दाजुलाई कि ? भाइलाई ? हामी कुमारीलाई रण्डी यिनै बाबु, दाजु, भाइले बनाउँछन् अरुले होइन ।
म बुबालाई खुशी तुल्याउन चाहन्थेँ । उनले मलाई स्वास्नी बनाउन चाहे । मैले देश बनाउन चाहन्थेँ उनले भत्काउन चाहे । म हरदिन भन्थेँ–
‘बुबा, म टाइट् फिट् लगाउँदिन ।’
उनले बेलबटम् पेन्ट र टाइट् कुर्ता नै सिलाई दिन्थे । अनि म सोध्थेँ–
‘बुबा, मैले टाइट् फिट् लगाउँदिन भनेकी होइन ? किन सिलाई दिनु भयो ।
जवाफ मिल्थ्यो–
‘यस्मा कपडा किफायत हुन्छ, विहे गर्ने बेलाकी छोरीलाई लुज लगाई दिए बुढी ठान्छन् । बिकाउन गाह्रो पर्छ ।’
अब सबैलाई बिकाउन पाए । आफूले नै सबै भन्दा पहिले किन्न भ्याए । यस्ता निसर्मी, बाबुहरूले बच्ची पाउँदा साथ छोरी भै भनेर किन खिन्न हुनु ? रण्डी पाएँ भनेर हाँसे भैहाल्छ नि । छोरो पाएर के हुन्छ ? छोरी पाए आफ्नी बुढी स्वास्नीलाई टाढा पन्छाएर तरुनी छोरीलाई काखी च्यापे ऊ के भन्छे र ? चूप भएर बसी हाल्छे ।
धर्मका ठेकेदार छोरीलाई रण्डी बनाउने अभिभारा लिएका बाबु, दाजु, भाइले धनको लालचमा परेर काक्राक् कुक्रुक पारी को हो ? को हो ?? कहिल्यै देख्नसम्म पनि नदेखेकोका साथमा राखेर पठाई दिन्छन् । त्यसबखत रण्डी नबने के बन्ने ? उसमाथि बाबुनै दिल थाम्न सक्दैनन् । झम्टन पुग्छन् । पवित्र नारी कसरी गंगाजी समान निर्मल रहने ?
विभिन्न तर्कनामा लागेकी दिपुको मुखबाट धमाधम नचाहिंदा शब्दहरू निक्ली रहेका थिए । जहाँ पायो त्यहिँ बस्दा उठ्दा पेन्ट छिया–छिया भैसकेको थियो । टाइटकुर्ता झुत्रो मात्र बनी सकेको थियो । उसका शरीरका एक/एक भाग देखिन्थे । ऊ खित्का छोड्दै आफ्ना अंग केलाउँदै प्रत्येक व्यक्तिलाई बोलाई देखाउँदै सोध्दै थिई–
“देख्यौ मेरो लुगा ? देख्यौ मेरो शरीर ? थाह छ तिमीहरूलाई ? सबै रण्डीको यस्तै हुन्छ ।”
कोहि गुण्डाले बनाएका रण्डी होलान्, कोही समाजले बनाएको कोही धर्मले बनाएको, कोहि नियमले बनाएको तर म बाबुले बनाएकी रण्डी हुँ बुझ्यौ । कोठी थापेर बस्दैमा मात्र रण्डी हुने हो र ? हर तरहबाट रण्डी बन्न सकिन्छ । तिमीहरूलाई के थाह छ ? रण्डी केले बनाउँछ ? सोध न । जवाफ छिटै पाउने छौ ।
रण्डीको श्रृष्टीकर्ता एउटा समाज हो, अर्को धर्म, अनि पहिरन किफायती र नियम । तिमीहरूलाई के थाह छ ? तिमीहरू सोच्छौ, महिलाले पैसाको लागि मात्र रण्डी बन्दछे । होइन, सबै लाई चित्त बुझाउनु पर्दा रण्डी बन्दछे ।
यहाँ एउटा केटालाई सरदर दुइटी केटी पर्छे । नियमले एउटा केटाले एउटा मात्रै केटी पाउँछ । बाँकी ५० प्रतिशतले के गर्ने ? झन् केटालाई भन्दा केटीलाई आठ खण्ड बढी चाहना हुन्छ । बाँकी आधी केटीले रण्डी नवनेर के बन्ने ? त्यसैले म भन्छु, कुमारीलाई रण्डीको उप–नाम दिने अभिभारा नियमले पनि लिएको छ ।
एक टुक्रा कपडाको किफायतले गर्दा आफ्ना छोरी नानीहरूलाई अंग प्रत्यङ्ग देखिने पोशाकको श्रृजना गरि दिन्छन् । सानी छोरीलाई चेष्टर किनी ल्याइदिने बाबुले एक टुक्रा कपडामा छोरी नबेच्ला भन्न पनि के गाह्रो ? म पनि रण्डी होइन । एक टुक्रा कपडामा बेचिएकी कुमारी हुँ । सतित्व लुटिएकी पवित्र नारी हुँ ।”
क्रमशः
०००
चार थुम्का (२०७६)
Subscribe
Login
0 Comments
Oldest







































