साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दशैँ दशा गरिबको !!

परिवेश डुबेको छ अथाह शोकमा सब भाग्ने भगाउने मर्ने मार्ने छन् सबका सब ! आँसु सागरका बाँध फुटेका भई यातना छाल छन् दुखका छल्का केको यो शुभकामना !!

Nepal Telecom ad

कलानिधि दाहाल :

केको चाड छ यो काल ज्यानमारा मिजासको
उन्माद अझ आक्रोश हिँसाका अट्टहाँसको !
माला रगतका साला झुण्डिएको गला गला
दशा गरिबका बन्दै भाला रोप्छ सबै थला !!

निधारका सबै गेडा जम्मा चामलका गरे
भोका पेट दिए टम्म छाक अघाउँथे भरे !
जमाराका बनाएर रस तन्तनमा पिए
अस्पताल हुने खर्च खल्तीमा रहँने थिए !!

जीवहिँसा सबै रोके मानवीय हुने हिउँ
तन्दुरुस्त हुने हल्का चम्कने नै थिए जिउँ!
अन्धका भाटका भाटा टीका बोकी चियाउँछ
पण्डित झुठका प्वाँख सर्वत्र यो फिँजाउँछ !!

अन्धकै हुलका लाम मर्छन् यात्री बनी यता
सयका लाशका लाम टीका यो छ जतातता!
कानमा जमरा स्यूँरी स्वाङे पण्डित नाँच्दछन्
आर्तका आँतका ढाड ऋणका रास भाँच्दछन् !!

रेष्टुराँमा जुवा जम्छ भट्टीमा जाँड घुम्दछ
घुस्याहा खातका खल्ती टीका मुस्कान चुम्दछ !
यौनविलास यो सुत्छ पीङ अँधेर रातमा
गला गरिबका घोट्न टीका घुम्छ प्रभातमा !!

शुम्भका राजमा रम्छ देवी दुर्बल बन्दछन्
निशुम्भले गला घोट्छ बलात्कार निमग्न झन् !
यो दशामा खुशी बन्छौ अन्धका भक्त हो किन
अछेता रक्तमा मुछ्दै चम्कन्छौ किन छिन्छिन ??

जम्मा चामलका गर्दै झुप्रामा लाग लस्कर
दक्षिणाले गरी जम्मा चुला बाँड न तस्कर!
रोकिउन् दर्दका आँसु अनि पो झर्दछन् खुशी
अक्षता फालिने भोका पेटमा हुन् झुसी झुसी !!

जेन्जी बन्दुकमा ढल्छन् आँसु छन् घरका घर
जले शिखरका जम्मै ऐतिहासिक तस्विर !
न्याय अन्यायका उस्तै मनमन्दिरका घर
बनेका घर ढालेर केही हुँदैन अन्तर !!

परिवेश डुबेको छ अथाह शोकमा सब
भाग्ने भगाउने मर्ने मार्ने छन् सबका सब !
आँसु सागरका बाँध फुटेका भई यातना
छाल छन् दुखका छल्का केको यो शुभकामना !!

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x