साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दशैँ

गर्छौँ पुकारा सुन मातृशक्ति हे लाएर यो चित्त मुमा सभक्तिले । बन्दैन यो राष्ट्र जुट्यौँ भने ढिलो दुर्गा भवानी गर देशको भलो।।५।

Nepal Telecom ad

उत्तम विचार :

बढ्दै गयो बेथिति राष्ट्रमा अति
मानौं यही कारणले भयो क्षति ।
खेल्ने कसैको किन बन्नु यो थलो
दुर्गा भवानी गर देशको भलो।।१।

बाटो बिराई घरको मुली हिँड्यो
दायित्व के हो उसको भुली हिँड्यो ।
कोक्याउने फ्याँक्नुछ छुद्र कर्कलो
दुर्गा भवानी गर देशको भलो।।२।

जागे युवा देश उठाउँछौँ भनी
आशिष् दिनुहोस् विजयी हुनू भनी ।
फेर्ने अवस्था अभियान जो चल्यो
दुर्गा भवानी गर देशको भलो।।३।

देऊ सुरक्षा मन छैन यो थिर
धाई रहेछौँ दिनरात मन्दिर ।
उठ्ला भन्यो साख उठेन झन् ढल्यो
दुर्गा भवानी गर देशको भलो।।४।

गर्छौँ पुकारा सुन मातृशक्ति हे
लाएर यो चित्त मुमा सभक्तिले ।
बन्दैन यो राष्ट्र जुट्यौँ भने ढिलो
दुर्गा भवानी गर देशको भलो।।५।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
चुपचाप !!!

चुपचाप !!!

उत्तम विचार
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x