साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यता र उता

पसेर विक्रिकक्षमा शरीर यो सजाइयो दलालले खसीसमान गाथ सुम्सुम्याइयो कुनै दलाल लाल छन् कुनै कराल काल छन् स्वरूप,वृत्ति जे रहोस् मनग्य मालवाल छन् ।

Nepal Telecom ad

खाेलाघरे साहिँलाे :

यता थिए उता सरे,उता हुँदा यता सरे
पछारिए,उठे मने.. जसो सके उसै गरे
छ दाउ खान मात्रको जता सरेर मिल्छ जे
बुझेर झट्ट दौडिए भँडार जे जता छ रे ।

उता हुने यता सरे कुनै चढे कुनै झरे
झरे सबै अभाग्यवान् अनित्य दाउका परे
झिनासिना उसै बढे नगण्य भाउका चढे
लडे भने हिजो हुने प्रसिद्ध टाउका लडे ।

कुनै छ किन्न तत्पर,कुनै छ बिक्न आतुर
बजारझैं छ दासको अपूर्व दृश्य दुर्दुर
छ भाउवाल दाउमा कमाउँला,जमाउँला
जमाउनै अभीष्ट हो जरो दह्रो समाउला ।

विशेष देशमा सधैं विशेष पात्र आउँछन्
विशेष पात्रका प्रपौत्रसम्म मान पाउँछन्
यता छँदैछ दासको सुदास दासमण्डल
छ तम्तयार चाकडी तयार यार चम्मच ।

भने भनोस् न लोकले निकृष्ट,दुष्ट वञ्चक
विदेेशको गुुुलाम वा परम्परा विनाशक
सहीरहे हुनेछ नै विशिष्ट लाभदायक
कहाँ उसै त जुर्छ रे विशिष्टता र नायक ?

अनेक दुु:ख झेलियो नुुुहेर हात जोडियो
जमीन सम्पदाहरू लिलाम म‍ूल्य बेचियो
कतै तिरेर लागियो कतै छिरेर भागियो
टुपी बिक्यो,उपायहीन भै स्वयं बिकाइयो ।

पसेर विक्रिकक्षमा शरीर यो सजाइयो
दलालले खसीसमान गाथ सुम्सुम्याइयो
कुनै दलाल लाल छन् कुनै कराल काल छन्
स्वरूप,वृत्ति जे रहोस् मनग्य मालवाल छन् ।

०००
इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हे कर्मठ युवा !

हे कर्मठ युवा !

खोलाघरे साहिँलोे
काठका पुतली धन्य !

काठका पुतली धन्य !

खोलाघरे साहिँलोे
झोला कहाँ अर्को ?

झोला कहाँ अर्को ?

खोलाघरे साहिँलोे
विदेश जाइँदैन

विदेश जाइँदैन

खोलाघरे साहिँलोे
पाकाहरूलाई केही सल्लाह

पाकाहरूलाई केही सल्लाह

खोलाघरे साहिँलोे
सदाचार नै श्रेयष्कर !

सदाचार नै श्रेयष्कर !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
डर लाग्छ !

डर लाग्छ !

कलानिधि दाहाल
बलात्कृत

बलात्कृत

फित्काैली डटकम
बक्ताे कुतर्क खालि

बक्ताे कुतर्क खालि

पुरूषाेत्तम सिग्देल
भन्दैन कोही पनि

भन्दैन कोही पनि

के.पी. पाैडेल
0
Would love your thoughts, please comment.x
()
x