साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुटफुटको मज्जा !

नाइकेहरु, अझै पनि जुटफुट मै मस्ती छन् हामी उनैका भक्तजनहरु, दिनरात धूप बालेर पूजा गर्छौ र नौवेद्य चढाउँछौँ । उनीहरुलाई शीरमा बोकिरहन्छौँ मस्तले ताली ठोकिरहन्छौँ ॥

Nepal Telecom ad

गायत्री लम्साल :

जुटेर सुतिन्छ
फुटेर उठिन्छ ।
माफ गर्नोस महाशय,
राष्ट्रिय नियम हो यो
खेलाडी भनेका हामी सबै
बेरोजगार छाँै हजुर
जुटाउने र फुटाउने
हाम्रै हातका कुरा
त्यसैले,
जुट्दा पनि ताली ठोकिन्छ
फुट्दा समेत ताली ठोकिन्छ ॥

जे गर्छौ मज्जाले गर्छौ
हातको प्रमुख काम
ताली ठोक्ने हो ।
आँखाको मुख्य काम
रमिता हेर्ने हो ॥
हर्छ त हार्छ देश हार्छ
कसलाई के भो र ?
सिद्धान्तको चुरो कुरो
खेलाडी फेर्ने हो ।
विकासको मुलमन्त्र
जुटफुटको ताण्डव नृत्य हेर्ने हो ॥

चारखुट्टे दुईखुट्टे
जे को भए तापनि
टुक्रा चाहिँदैन झोल भएपछि
कौडीमा मिल्ने ,
मतको मोल भएपछि
जुट्नु र फुट्नु
सबै कालको, सबै तन्त्रको
एक मात्र उद्देश्य
दिनरात एकछत्र
विकास भन्ने कुरो
वाकेर सक्नेहरु ।
श्री ३, श्री ५, श्री १७ का
नाइकेहरु,
अझै पनि जुटफुट मै मस्ती छन्
हामी उनैका भक्तजनहरु,
दिनरात धूप बालेर
पूजा गर्छौ र नौवेद्य चढाउँछौँ ।
उनीहरुलाई शीरमा बोकिरहन्छौँ
मस्तले ताली ठोकिरहन्छौँ ॥

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
छु मन्तर- बेरोजगार चट्

छु मन्तर- बेरोजगार चट्

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- (७)

बोक्सीका ताजा बात- (७)

गायत्री परिरोशनी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x