नन्दलाल आचार्ययुगान्त
बाहिर बिजुली चम्किँदा झैँ, उनको अनुहारमा झल्को पर्यो- विद्रोहको, पीडाको र सृष्टिको । उनले पुस्तक खोलिन्, जहाँ लेखिएको थियो- “अब स्त्रीयुगको आरम्भ हुन्छ ।”

नन्दलाल आचार्य :
“अब स्त्रीहरू पनि युद्ध गर्छन् र ?” वृद्ध प्राध्यापक चश्मा ठेल्दै हाँस्यो ।
शान्ता केही क्षण मौन रहिन् । मगमा राखेको कालो कफी चिसिँदै गयो । खिड़कीबाहिरको रात झिलिमिली थियो, तर उनको मनभित्र अझै अँध्यारो थियोे ।
“युद्ध छैन सर,” उनले बिस्तारै भनिन्, “यो त आत्मरक्षा हो, जुन शताब्दीयौंपछि सुरु भएको छ ।” अनि उनले मचमा राखेकी थिइन् ‘महायुग’ नामको पुस्तक जसको आवरणमा योनिमुद्राको प्रतीक झल्किँदै थियो ।
बाहिर बिजुली चम्किँदा झैँ, उनको अनुहारमा झल्को पर्यो- विद्रोहको, पीडाको र सृष्टिको ।
उनले पुस्तक खोलिन्, जहाँ लेखिएको थियो- “अब स्त्रीयुगको आरम्भ हुन्छ ।”
अचानक हावाको एक झोकाले बत्ती निभायो । अँध्यारोमा सरको स्वर गुञ्जियो- “शान्ता, अब पुरुषहरू कहाँ अडिन्छन् त ?”
अँध्यारोभित्र एउटा नयाँ युगको साँच्चै उज्यालो जन्मिँदै थियो । यही सोचेर शान्ता मुस्कुराइन्, स्वर गहिरो र स्थिर भयो- “जहाँ प्रकाश पुग्दैन, त्यहाँदेखि सृष्टि सुरु हुन्छ, सर ।”
०००
२०८२/७/१३
Subscribe
Login
0 Comments
Oldest










































