साइबर अपराध सम्बन्धी सचेतना सामग्री

युगान्त

बाहिर बिजुली चम्किँदा झैँ, उनको अनुहारमा झल्को पर्‍यो- विद्रोहको, पीडाको र सृष्टिको । उनले पुस्तक खोलिन्, जहाँ लेखिएको थियो- “अब स्त्रीयुगको आरम्भ हुन्छ ।”

Nepal Telecom ad

नन्दलाल आचार्य :

“अब स्त्रीहरू पनि युद्ध गर्छन् र ?” वृद्ध प्राध्यापक चश्मा ठेल्दै हाँस्यो ।

शान्ता केही क्षण मौन रहिन् । मगमा राखेको कालो कफी चिसिँदै गयो । खिड़कीबाहिरको रात झिलिमिली थियो, तर उनको मनभित्र अझै अँध्यारो थियोे ।

“युद्ध छैन सर,” उनले बिस्तारै भनिन्, “यो त आत्मरक्षा हो, जुन शताब्दीयौंपछि सुरु भएको छ ।” अनि उनले मचमा राखेकी थिइन् ‘महायुग’ नामको पुस्तक जसको आवरणमा योनिमुद्राको प्रतीक झल्किँदै थियो ।

बाहिर बिजुली चम्किँदा झैँ, उनको अनुहारमा झल्को पर्‍यो- विद्रोहको, पीडाको र सृष्टिको ।
उनले पुस्तक खोलिन्, जहाँ लेखिएको थियो- “अब स्त्रीयुगको आरम्भ हुन्छ ।”

अचानक हावाको एक झोकाले बत्ती निभायो । अँध्यारोमा सरको स्वर गुञ्जियो- “शान्ता, अब पुरुषहरू कहाँ अडिन्छन् त ?”

अँध्यारोभित्र एउटा नयाँ युगको साँच्चै उज्यालो जन्मिँदै थियो । यही सोचेर शान्ता मुस्कुराइन्, स्वर गहिरो र स्थिर भयो- “जहाँ प्रकाश पुग्दैन, त्यहाँदेखि सृष्टि सुरु हुन्छ, सर ।”

०००
२०८२/७/१३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x