साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धेरै सुनियो – स्वास्नी हौ- “सहनै” पर्छ

मेरो चुराको छिन्छिन् लाई कमजोरी नठान ! यही आवाजले तिम्रो अन्यायको सत्ता हल्लाउछ जान !! मेरो सिन्दुर मेरो सौभाग्य हो, तिम्रो दासताको होइन निशान !!

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

“धेरै सुनियो – स्वास्नी “हौ”
केही “सहनै” पर्छ-
-अनि मात्र घर चल्छ !
तर किन बस्ने थप अब सहेर ?
तिम्रा जथाभावी गाली सुनेर,
अन्यायको पहाडमुनि दबिएर ?
अब मौन रहन्न, ओठ थुनेर !
अब कहाँ छाड्छु हक नलिएर ?

आँसुलाई सिरानीमा धेरै लुकाएँ,
तिम्रो कटुवचनमा पनि मुस्काएँ…
सहनशीलता अलि बढी देखाएँ,
अति सहेर आत्मशक्ति सिध्याएँ।

अब घुम्टोमा निसास्सिएर मर्दिन !
तिमीले जति हप्काए पनि डर्दिनँ!
तिम्रो काल्पनिक वाचामा फस्दिनँ !
झुठो मायामा एक थुरी पर्दिनँ !!

तिम्रो थप्पडले सपना मर्दथ्यो…
सम्मानविहीन बिहान उदाउँथ्यो…
तिम्रो आक्रोशमा रहर हराउँथ्यो…,
मुटु ठानेर खेलौना खेलाउँथ्यो !!

अब मेरो आवाज चित्कार होइन,
परिवर्तनको पुकार बन्नेछ।
पुरुष सत्तामाथि प्रहार गरिनेछ !
आँसु नदी सुकाएर,आँधी उठाउँछु !
तिम्रो खोक्रो अहंकार सिध्याउँछु !!

मेरो चुराको छिन्छिन् लाई कमजोरी नठान !
यही आवाजले तिम्रो अन्यायको सत्ता हल्लाउछ जान !!
मेरो सिन्दुर मेरो सौभाग्य हो,
तिम्रो दासताको होइन निशान !!

धेरै सुनियो ‘स्वास्नी छौ, सहनै पर्छ’…
तर किन बस्ने सहेर हरेक रातको पीडा ?
रक्सीको नशा ? गाली सुनेर ?
अब मौन रहन्नँ, अन्याय सहेर !
बराबरीको हक नलिइ छाडदिनँ !”

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
0
Would love your thoughts, please comment.x
()
x