साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अमूल्य

हस्ते अलिपर जाँदासम्म प्रसादले हेरिरह्यो। जब ऊ अदृश्य भयो फटाफट भित्र गयो र त्यो पोका खोल्यो। भित्रको समान देखेर दङ्ग पर्यो । "उफ ! अमूल्य बस्तु पनि खरानी हुँदो रहेछ।"-

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“के छ यसमा ?”- प्रसादले ‘पोका’ देखेर आश्चार्य हुँदै भन्यो ।
“अमूल्य बस्तु।” – हस्ते त्यो पोकालाई बलियाे गरी छोप्दै भन्यो।
प्रसादले सोंच्यो हो न हो यसमा कुनै हिरा मोती सुन हुनसक्छ।
किन कि त्यो टक्सालबाट आएको उसले देखेको थियो।
मानिस हेर्दा लाइ खाईको देखिन्छ।उसको मनमा पाप जाग्यो।

“बसन भाइ ! त्यो तिम्रो समान कसैले लाँदैन।” ऊ उठ्यो र पानी भरिएको गिलास ल्याएर मेचमा राख्यो।
“के खानुहुन्छ ?”- प्रसादले हस्तेलाई विनम्रता पूर्वक सोध्यो।
उसलाई अचकाली भोक लागेको थियो।

“भोक त लागेको छ तर मसँग तपाईंलाई दिने फुड्कर पैसा छैन।”- हस्तेले प्रसादतिर हेर्दै भन्यो।
“हजुरसँग पैसा कसले माग्या छ ? बरू चाहिन्छ भने हजुरलाई दश बीश हजार पनि दिनसक्छु।”- प्रसादले ठूलो हृदय खोल्यो।
“किन दिनुहुन्छ मलाई चिन्नुहुन्छ र ?”- हस्तेले सोध्यो।
“किन चिन्नुपर्यो मानिस मानिसको काम आउने हो, विश्वास गर्नैपर्छ।”- प्रसादले उस्को त्यो कपडामा बानेको पोकातिर पिर्लुक्क हेर्दै भन्यो।

“बिर्खे यो भाइलाई पेटभरी खाना ख्वाउ।”- उसले होटलको कारिन्दालाई आदेश दियो।
हस्ते खुसी भयो, उसले पेटभरी खायो।
“हस् अब म लाग्छु ! “- हस्ते खान खाएर हात धुँदै भन्यो।
“किन हतार गर्नु हुन्छ बरू बजारमा काम भए काम गरेर आउनुहोस् पैसा चाहिन्छ भने लैजानोहोस्।”- प्रसादले भन्यो।
“दिनोस् त्यसो भए दश हजार जती केही समान लिनुपर्ला ।”- उसले भन्यो। प्रसाद एकछिन गम्भीर भयो र सोंच्यो । फेरि त्यो पोकातिर नजर घुमायो र मुसुक्क हाँस्यो। गल्लामा हेर्यो पैसा थिएन । फेरि खोल्टी छाम्यो र दशहजार रूपियाँ हस्तेलाई हस्तान्तरण गर्यो।

हस्ते कुटुरा उठाएर हिंड्न थाल्यो। “ओहो यो भारी उठाएर किन हिंड्नु हुन्छ । यतै राख्नुहोस्, म यसको रक्षा गर्छु। सामान किनेर जाँदा लैजानुहोला।” – प्रसादले भन्याे।
“तर ..! ऊ अक्कमक्कियो।
“केको तर मेरो विश्वास छैन।”-प्रसादले उस्को भनाई बिचमै रोक्दै भन्यो।
“त्यसो भए यसलाई सम्हालेर राख्नुहोला है !”- उसले त्यो पोका (कुटुरा) प्रसादलाई थमायो र हिंड्यो।

हस्ते अलिपर जाँदासम्म प्रसादले हेरिरह्यो। जब ऊ अदृश्य भयो फटाफट भित्र गयो र त्यो पोका खोल्यो। भित्रको समान देखेर दङ्ग पर्यो ।
“उफ ! अमूल्य बस्तु पनि खरानी हुँदो रहेछ।”-आफ्नो निदारमा हत्केलो बजार्दै भन्यो।

०००
दाङ, घोराही १८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
पावर

पावर

सुरेशकुमार पाण्डे
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x