साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खोलेर पाटी उठौँ

गुण्डा छन् कति यो नया सहरमा, खोजेर हाँजिर गर। हप्ता नित्य बुझेर सान गरने, कोही नछोडे पर।। लाग्छन् काम तिनी सधा सर्वदा, हप्ता असुल् गर्नजो। त्यस्तो मानिसले कदाचित पनि, मान्दैन डर मर्नको।।

Nepal Telecom ad
बालकृष्ण खनाल :
मिल्नैपर्छ छिटो विलम्व नगरी, ट्यापे लफङ्गा जति।
जो जो ले जसरी सकिन्छ उसरी, जोडौँ लुटी सम्पती।।
गाँजा भाङ पिएर पागलसरी, सुत्नेहरूको उठौँ।
पाटी खोल्न परेछ एक धतुरो, खानेहरूहो जुटौँ।।१
पाटीमा सबको समाहित गरौँ, मुन्द्रे जगल्टे जति।
खोजी नीति गरौँ बिना इलमा, ट्यापे यहाँ छन् कति।।
राखौँ नाम अभद्र काम गरने, पाटी सबैको भनी।
जोडौँ हात र भोट माग्न घरमा, जाँऊ भलाद्मी बनी।।२
गुण्डा छन् कति यो नया सहरमा, खोजेर हाँजिर गर।
हप्ता नित्य बुझेर सान गरने, कोही नछोडे पर।।
लाग्छन् काम तिनी सधा सर्वदा, हप्ता असुल् गर्नजो।
त्यस्तो मानिसले कदाचित पनि, मान्दैन डर मर्नको।।३
हल्ला गर्नपरे गर्छ सजिलै, बोकेर झण्डा सधै।
जे जे काम अराउ गर्छ सब त्यो, भन्दैन नाई कबै।।
सर्ने गर्छ अगाडि लड्न रणमा, गर्दैन ताँई तुई।
हाम्रो हुन्न खती कुनै किसिमको, मर्नेछ मारे उहीँ।।४
जस्ले वस्त्र नयाँ किनेर तनमा, च्यातेर लाऊँदछ।
हाम्रो ग्या रुचाइ राजनितिमा, दौडेर ऊ आउँछ।।
सारा देहभरी छ ट्याटु जसको, हाम्रै रहेछन् बुझौँ।
ट्यापे औ गजडे मिलेर अहिलै, खोलेर पाटी उठौँ।।५
०००
टिकापुर, कैलाली
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
पैसा कमाएपछि

पैसा कमाएपछि

बालकृष्ण खनाल
बोल्दै नबोल्ने भयो

बोल्दै नबोल्ने भयो

बालकृष्ण खनाल
भागेर जो गैगयो

भागेर जो गैगयो

बालकृष्ण खनाल
बूढो भएछू अब

बूढो भएछू अब

बालकृष्ण खनाल
हो स्वर्ग मेरो घर

हो स्वर्ग मेरो घर

बालकृष्ण खनाल
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
0
Would love your thoughts, please comment.x
()
x