सुभाषचन्द्र देवकाेटाशहीदको जुत्ता !
जन्मदा म तिम्रो छोरो मात्र थिएँ आज मर्दा देशकै छोरो भएको छु । आमा ! म ढले पनि देशको छातीमाथि विदेशीको बुट बजार्न नदिनु है।

सुभाषचन्द्र देवकाेटा :
आमा !
मैले तिमीलाई सुख त दिन सकिन
तर सम्झनाको लागि
रगतले लतपतिएको जुत्ता चिनो छोडेको छु।
यो जुत्तामा लतपतिएको रगत
आखिर तिम्रै त हो नि आमा !
यो जुत्ताताबाट आउने पसिनाको गन्ध
आखिर तिम्रै माया त हो नि आमा !
आमा !
रगतले लतपतिएको जुत्ता नै
तिम्रो लागि चिनो भयो।
मैले भिर्ने स्कूलको झोला नै
तिम्रो मायाको चिनो भयो।
आमा !
मलाई सम्झेर नरुनु अब
जन्मदा म तिम्रो छोरो मात्र थिएँ
आज मर्दा देशकै
छोरो भएको छु ।
आमा !
म ढले पनि
देशको छातीमाथि
विदेशीको बुट बजार्न नदिनु है।
०००
गाेरखा
Subscribe
Login
0 Comments
Oldest




































