सुभाषचन्द्र देवकाेटाभन अब के गर्छौ ?
भत्काउनु थियो भत्कायौँ। पुग्यौ माथि-माथि, भन अब के गर्छौं ? देशको सम्पत्ति खानेको हुर्मत लिन्छौँ कि ? देशको सिमा मिच्नेसँग घाँटी जोडेर दूनो सोझ्याउछौँ ?

सुभाषचन्द्र देवकाेटा
१
पोल्नु थियो पोल्यौ, देशको बिरासत,
खरानीको थुप्रोमाथि बसेर,
भन अब के गर्छौ ?
लिपुलेक, कालापानी फिर्ता ल्याउँछौं कि,
देशको धूरी भाँचेर आफ्नो घरको जग हाल्छौँ ?
२
चढ्नु थियो, चढयौं कुर्चीमा ,
कुर्चीमा बसेर,भन अब के गर्छौं?
युवाहरुको सपनामा बन्चरो हान्छौं कि,
देशको नाक काटेर विदेशीको कट्टु टाल्छौ ?
३
ध्वाँसको नियत थियो गर्यौं ध्वाँस,
ध्वाँसाेको ध्वाँस लगाएर, भन अब के गर्छौ ?
सहिदहरुको सपनाको हुर्मत लिन्छौ कि,
देशको जग भत्काएर सत्रु हसाँउछौ?
४
भत्काउनु थियो भत्कायौँ।
पुग्यौ माथि-माथि, भन अब के गर्छौं ?
देशको सम्पत्ति खानेको हुर्मत लिन्छौँ कि ?
देशको सिमा मिच्नेसँग घाँटी जोडेर
दूनो सोझ्याउछौँ ?
बाल्नु थियो, बाल्यौ आगो,
पुग्नु थियो, पुग्यौ माथि,
भत्काउनु थियो, भत्कायौ
भन अब के गर्छौं ?
०००
गाेरखा
Subscribe
Login
0 Comments
Oldest






































