सुभाषचन्द्र देवकाेटाकिन किच्च हाँस्छौँ ?
आखिर तल झर्नु पनि छँदैछ लड्नु पनि एक दिन छँदैछ। अनि, के को ध्वाँस लगाउँछाैं ? कहाँ न कहाँ पुग्नु छ झैं गरेर आफ्नैको गला थिचेर किन किच्च हस्छौँ ?

सुभाषचन्द्र देवकाेटा :
बुढो नहुने को छ ?
न मर्ने पनि को छ ?
आखिर,
बुढो हुनु पनि छँदैछ,
मर्नु पनि एक दिन छँदैछ।
अनि, के को
दम्भ र अहंकार गर्छौं ?
कहाँ न कहाँ पुग्नु छ झै गरेर,
आफ्नैहरुलाई धकेलेर
किन बुर्कुसी हान्छौं ?
टुप्पाबाट नझरेको को छ ?
सत्ताबाट नलडेको को छ ?
आखिर
तल झर्नु पनि छँदैछ
लड्नु पनि एक दिन छँदैछ।
अनि, के को
ध्वाँस लगाउ्छौं ?
कहाँ न कहाँ पुग्नु छ झैं गरेर
आफ्नैको गला थिचेर
किन किच्च हस्छौँ ?
०००
गाेरखा
Subscribe
Login
0 Comments
Oldest







































