साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक्लै खाने हो

जत्ति वजन हाेस् धार्नी ताेला मासा हुन्न गलिसके पश्चात् हाेला आशा उड्दछ सब हावामा मिल्दै मिल्दै घुल्छ प्रकृतिमै उस्तै उस्तै बन्दै ।

Nepal Telecom ad

चन्द्रप्रसाद न्याैपाने :

जीवन सबकाे एक्लै आई जाने हो
के दिनु लिनु के एक्लै एक्लै खाने हो
केवल तनको माया जाेडाजाेडी हुन्
केवल मनको छाया छोराछोरी हुन्

आउँछ विधिको खातापाता बाेकी
जान्छ मिति पुगी बस्ने छैनन् राेकी
मिल्दछ जसरी पानीमा पानी नै
मिल्दछ उसरी माटाेमा माटाे नै

गर्दछ जति हाे गर्ने बढ्ता हैन
उत्ति छ तुलना बढ्ला घट्ला छैन
हाडसँग छ छाला गल्दै जाने हाे
मक्किन जब थाल्छन् ढल्दै जाने हाे

जत्ति वजन हाेस् धार्नी ताेला मासा
हुन्न गलिसके पश्चात् हाेला आशा
उड्दछ सब हावामा मिल्दै मिल्दै
घुल्छ प्रकृतिमै उस्तै उस्तै बन्दै

छैन प्रकृतिमा स्थायी भन्ने केही
हुन्छ त कसरी उस्तै हाम्राे देही
राेग छ कहिले ईर्ष्या डाहा क्राेध
तैपनि मनमा छैनन् आहा ! बाेध ।

०००
सिन्धुपाल्चाेक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिनी र यिनी

तिनी र यिनी

चन्द्रप्रसाद न्याैपाने
सत्ता

सत्ता

चन्द्रप्रसाद न्याैपाने
कहाँ छ प्रतिशाेध ?

कहाँ छ प्रतिशाेध ?

चन्द्रप्रसाद न्याैपाने
अहंकार

अहंकार

चन्द्रप्रसाद न्याैपाने
नयाँ बिम्ब

नयाँ बिम्ब

चन्द्रप्रसाद न्याैपाने
हामी बहुमत ल्याउँछाैँ

हामी बहुमत ल्याउँछाैँ

चन्द्रप्रसाद न्याैपाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x